जाने हैन ? फेरि बोलायो सराङ्गकोटले…..

पर्यटनका लागि सुन्दर नगरी पोखरा पुगेका संसार भरका नागरिकहरु सराङ्गकोट नपुगी फर्कीए भने उनीहरु अधुरै रहन्छन् । पोखरा र वरिपरिको हिमाली दृश्यलाई सुन्दर सेतुले जोड्ने बिम्व हो सराङ्गकोट । बाहिरबाट सबैले चिनेको सराङ्गकोटको भित्री अन्तर्य संसारभरी फैलाउन फेरि एक पटक सराङ्गकोट महोत्सव हुँदैछ ।

सराङ्गकोट संसार भरका पर्यटन पारखीलाई फेरि निम्तो गर्दैछ ।

तेस्रो सराङ्गकोट पर्यटन महोत्सव आगामी भदौ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदैछ । सराङ्गकोट टोल विकास संस्थाको मूख्य आयोजना तथा सराङ्गकोट समाज सेवा युवा क्लब,स्मृति युवा क्लब र सराङ्गकोट पर्यटन विकास समितिको सह आयोजनामा महोत्सव तयारी सुरु गरिएको छ । महोत्सवमा २ लाख पर्यटक भित्र्याउने लक्ष्य आयोजक छ ।
महोत्सवका आर्कषण :

१ रत्यौली गित प्रतियोगिता
२ साँस्कृतिक भेषभूषा तथा बाजा गाजा प्रर्दशनी तथा प्रतियोगिता
३ पर्यटक दौड प्रतियोगिता
४ विविध साँस्कृतिक÷साँगितिक कार्यक्रमहरु
५ मौलिक झाँकी प्रर्दशन
६ बाल उद्यान
७ दुना टपरी गाँस्ने प्रतियोगिता
७ प्यारा ग्लाईडिङ
९ जिप फ्लायर छन ।

मौलिक कला तथा संस्कृति र सराङ्गकोट को पहिचानलाई संसारभर फैलाउनु महोत्सवको उद्येश्य रहेको आयोजकले जानकारी दिएका छन ।
सराङ्गकोट नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित पर्यटकीय गाउँ हो ।

यहाँ रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू भुमे कालिका मन्दिर, चिसाखोला वेदविद्याश्रम, वाहकोट देवीको मन्दिर, वागेश्वरी मन्दिर, पदेंली शिव मन्दिर आदि हुन भने सराङ्गकोट भ्यूटावर, चण्डीको डिल (पाराग्लाईडिङ), मेथलाङ डाँडा, वाहाकोट(पाराग्लाईडिङ), खपौदी र राताडाँडा आदि मूख्य पर्यटकीय आर्कषण हुन ।


Facebook Comment