यही हो, तेल भण्डारण गर्न निगमले खरिद गरेको जग्गा

श्रावण २०, २०७४ बिहीवार रातिदेखि अविरल पानी परेपछि भैरहवामा नेपाल आयल निगमले भुमाफिया र दलालसंगको मिलोमतोमा कागजी प्रकृया मिलाएर महङ्गोमा खरिद गरेको जमिन डुवानमा परेको छ । शुक्रवार बिहानै रोहीणी खोलाको बाढी हेर्न पुगेका धेरैले व्यङ्ग गर्दै भने ‘लौ रोहीणीको बाढीले नेपाल आयल निगमलाई बगाएछ, अर्को बाढीले पुरै बढार्न बेर छैन ।’

यही हो, तेल भण्डारण गर्न निगमले खरिद गरेको जग्गा
तेल भण्डारण गर्नका लागि भनेर निगमले असार २८ गते खरिद गरेको रोहीणी खोला किनाराको १४ बिगा भन्दा धेरै जमिनमा एक रातमैं परेको बर्षाको बढीले पुरै डुवाएको छ । पानी नपर्दा गाई चर्ने सम्पुर्ण चौर जलमग्न थिए ।