डोटीमा जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु

खगेन्द्रबहादुर सिंह डाेटी : बोगटान गाउँपालिका वडा नम्बर ६ गगुडामा यात्रुबहाक जीप दुर्घटना हुँदा नौजनाको घटनास्थमा मृत्यु भएको छ । घटनामा ४ जना गम्भीर घाइते भएका छन्।

साबिकको गगुडा गाबिसको वडा -८ कटैगाउँको धार नजिकै गाडी दुर्घटना भएको हो । मृत्यु हुनेहरुमा गाउँपालिका वडा नम्बर १ सिमचौरका ३५ वर्षीय बिष्णुबहादुर मगर, ५५ वर्षीय भिम घर्ती मगर, ५० वर्षीय बुढो घर्ती मगर, ४५ वर्षीय गोरख थापा, ४८ वर्षीय सशीराम बहादुर पुनमगर, ४५ वर्षीय ललीता देबी पुन, ४० वर्षीय टेकबहादुर पुनमगर, ३० वर्षीय चन्द्रबहादुर घर्ती मगर र शिखर नगरपालिका १-कपल्लेकीका २८ बर्षिय चालक कृष्णबहादुर नेघीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी शिबबहादु सिंहले जानकारी दिए ।

दलबहादुर घर्ती मगर, हर्कबहादुर घर्ती मगर, वीरबहादुर घर्ती मगर, प्रकाश घर्ती मगर गम्भीर घाइते भएका छन् ।

हिजो राती शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जी दुर्घटनामा परेको हो । जिप सडकबाट १ किलोमिटर तल भिरमा खसेको छ । घाइते चारै जनाको उपचार जिल्ला सदरमुकाममा भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी डिएसपी शिबबहादुर सिंहले जानकारी दिए ।


Facebook Comment


No ads found for this position