कोरियन भाषा परिक्षामा नाम निस्कियो ? यस्तो छ अबको प्रकृया

गत साउन १० गते आठौं कोरियन भषा परिक्षाको परिक्षा फल प्रकाशित भयो। ६८ हजार ४ सय ६९ जना परिक्षामा सम्मेलित भएकोमा १२ हजार १ सय ८ जना उत्रिण भए।

१० हजार २ सय जनामात्र कोरिया जान पाउने भएपनि धेरै जनाको अंक एउटै आएको कारण कामदारको माग भन्दा १ हजार ९ सय ८ जना धेरैको नाम निस्किएको हो।

पछिल्लो चरणमा नाम निस्किएका मध्य १ हजार ९ सय ८ जना फालिने इपिएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए।

विगतका वर्षहरूमा भाषा परीक्षा पास भएकाहरूले स्किल टेष्ट दिनु पथ्र्यो। स्किल टेष्टमा ब्यक्तिको बारेमा तयार पारिएको छोटो भिडियो कोरियाको रोजगार केन्द्रमा जान्थ्यो र रोजगारदाताले उक्त भिडियो हेरेर कामदारको छनोट गथ्र्याें। तर यसपाली स्किल टेष्टको नियम हटेको ईपिएस कोरिया शाखाले जनाएको छ।

यस्तो छ अबको प्रकृया
इपिएस साखाले अबको १० देखि १५ दिनमा एउटा कार्यतालिका निकाल्दै छ।

जसमा स्वास्थ्य परिक्षण गर्ने मिति तय गरिएको हुन्छ। स्वास्थ्य परिक्षणको लागि ४ वटा अस्पताल तोकिने इपिएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए।

स्वास्थ्य परिक्षण तथा रोजगार आवेदन फारमको कार्य २०७४ सालको दिपावली पश्चात लगत्तै हुने भएकोले वडादशैं र दिपावलीको वीचमा प्रहरी प्रतिवेदन बनाउनु पनेर्छ।

स्वास्थ्य परीक्षण गरेको चौथो दिनमा रोजगार आवेदन फारम भर्नको लागि ईपिएस शाखा कार्यलय जानुपर्नेछ। फारम भरेपछि कामदारको खास्सै काम बाकीँ रहदैन। त्यसपछि फेब्रेवरीको पहिलो–दोस्रो साता देखि लेबर कन्ट्रय्क्ट (सम्बन्धित कम्पनिको दस्तखत भएको पेपर) आउछ र कामदार कोरिया जान सुरु हन्छ। यो प्रकृमा १ हजार ९ सय ८ जना फालिनेछन्।
अन्य बिष्तृत जानकारीको लागि ईपिएस शाखामा सम्पर्क गर्न सकिनेछ।


Facebook Comment


No ads found for this position