भारतीय अभिनेता चन्द्रागीरीमा

काठमाडौं । भारतका चर्चित सिने अभिनेता सुनिल शेट्टीले शनिवार चन्द्रागिरिको भ्रमण गरेका छन् । उनलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्सका महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागतगर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।

शेट्टीले चन्द्रागिरि काठमाण्डौको उच्च स्थानमा अत्यन्तै सुन्दर पर्यटकिय गन्तव्यको रुपमा रहेको बताए ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिकमहत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।


Facebook Comment


No ads found for this position