रसुवामा पहिरोमा चार बेपत्ता

बलराम घिमिरे 

आइतबार राति परेको अविरल वर्षासँगै आएको पहिरोमा जिल्लाको उत्तरगया गाउँपालिका–४ पहिरेबेंसीमा घर पुरिंदा चार जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा वर्ष ७२ का धर्मबहादुर थापामगर, उनकी बुहारी मुना थापामगर, नाति रविन थापामगर र घरमा काम गर्ने भक्तबहादुर थापामगर रहेको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपालेले बताए । आइतबार राति बेलुकी करिब ९ बजेतिर पहिरो आएको हो । पहिरोमा अन्य ४ जना घाइते भएका छन् । अहिले स्थानिय बासिन्दा नेपाल प्रहरी, नेपाली सेनाले सशस्त्र प्रहरी पहिरो पन्छााउने बेपत्ताको खोजी गरिरहेका छन् । क्षतिको थप विवरण आउन बाँकी छ । रातिको समयमा पहिरो आएकोले उद्दार गर्न समेत कठिनाई भएको स्थानीय बासिन्दाहरुले बताएका छन् । जिल्लाको विभिन्न स्थानमा पहिरो जाँदा  घरमा क्षति पुगेको छ ।


Facebook Comment


No ads found for this position