गाइजात्रापर्वको रौनक (फोटो फिचर)

रानी पुत्रशोकमा परेपछि राजा प्रताप मल्लले उनलाई सान्त्वना दिनको लागि देशभरका सबै घरबाट दिवंगत भएका मानिसको संझनामा जात्रा निकाल्न लगाए। शोकमा परेकी रानीले मैलेजस्तै सर्वसाधारणले पनि परिवारको सदस्य गुमाएका छन् भन्ने महसुस गरुन् भन्नका लागि यसो गरिएको ऐतिहासिक कथन छ। यो जात्रा काठमाडौं उपत्यकाका चार ठूला ऐतिहासिक पुर शहर कान्तिपुर,किर्तिपुर, ललितपुर र भक्तपुरमा आज पनि जिवन्त छ । मृतकको संझनामा सबैले घरबाट गाईजात्रा निकाल्छन्। यो पर्व जनै पूर्णिमाको भोलीपल्ट काठमाडौं उपत्याकमा मनाइने प्रचलन भएपनि अहिले नेवार समुदायको बाहुल्यता रहेका देशका सबै स्थानमा मनाइन्छ। हरेक बर्ष झै यो वर्ष पनि आ आफ्नो घरमा दिवंगत आत्माको चिर शान्तीको कामना गर्दै गाइ जात्रापर्व मनाइयो।