अमेरिकी हवाइ अड्डामा हमला गर्ने उत्तर कोरियाको ‘तयारी’

अमेरिका अधिनस्त गुआम टापूमा आक्रमण गर्ने तयारी रहेको जनाएर उत्तर कोरियाले विश्र्वलाई तरंगित पारेको छ।उत्तर कोरियाली सेनाले अमेरिकी हवाइ अड्डा रहेको गुआम टापूमा मिसाइल हमला गर्ने तयारी गरिरहेको जनाउ दिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियामाथि आक्रमण हुन सक्ने चेतावनी दिएको केही घण्टा नबित्दै कोरियाले यसरी जवाफ फर्काएको बिबिसिले जनाएको छ।

कोरियाली सेनाले आफ्नै देशमा निर्मित ह्वासङ१२ मिसाइलद्वारा गुआममा हमला गर्ने पनि बताएको छ।

प्रशान्त महासागरस्थित गुआम करिब १ लाख ६३ हजार जनसंख्या भएको अमेरिका नियन्त्रित टापू हो। यहाँ अमेरिकी सेनाको हवाई अड्डा र करिब ६ हजार सेना तैनाथ छन्। 

अमेरिकाबाट ११ हजार किलोमिटर टाढा यो टापू फिलिपिन्स र अमेरिकी राज्य हवाइको बीचमा पर्छ। उत्तर कोरियाबाट भने गुआम ३ हजार ४ सय ३० किलोमिटरको दूरीमा छ।

यो टापूको सामरीक महत्व छ। यहाँस्थित हवाई अड्डाको पहुँच साउथ चाईना सीकोरिया र ताइवानसम्म छ।

सन् १८९८ देखि १९४१ सम्म अमेरिकी नौसेनाले गुआममा अधिकार जमाएको थियो। पर्ल हार्बरको हमलापछि तीन वर्ष यो जापानको कब्जामा रह्योजो हिंसात्मक थियो।

सन् १९४४ मा अमेरिकाले फेरि यो टापू आफ्नो अधिकारमा लिएको हो।

अमेरीकाको पहलमा संयुक्त राष्ट्र संघले उत्तर कोरियाको निकासीलाई लक्षित गरेर नयाँ नाकाबन्दी लगाएपछि उत्तर कोरिया र अमेरीकाबीच तनाव चर्किएको छ।

नयाँ नाकाबन्दीले उत्तर कोरियाको एक तिहाइ निकासीलाई प्रभाव पार्छ। उसको निकासी हाल करिब ३ अर्ब डलरको छ जुन यो नाकाबन्दीपछि १ अर्ब डलर कम हुनेछ।


Facebook Comment


No ads found for this position