यी हुन् दुनीयाका खतरनाक तालहरु ?

पृथ्वीमा कैयन सुन्दर नदी तथा ताल–तलाउहरु छन् ।तर कतिपय यस्ता खतरनाक पनि छन् जसको पानी छुँदैमा पनि ज्यानकै खतरा हुन्छ । यस्ता केही खतरनाक जलाशयका बारेमा हामी तपाईहरुलाई यहा जानकारी दिदै छौ जुन यसप्रकार छन्ः

यो दहको पानीमा अम्लका साथै अन्य विभिन्न रसायनहरु रहेका छन् । धेरै समय पहिले मानिसहरु उक्त तालमा घुम्न जान्थे । तर समयक्रमसँगै त्यहाँको पानी अम्लिय तथा रसायनयुक्त भएर खराब बनेसँगै मानिसहरु जान छाडे ।क्यारेबियन देश डोमिनिकामा एक ताल छ, जुन निकै खतरनाक छ । पानी उम्लिने ताल भनिन्छ यसलाई । यहाँको पानीको तापक्रम १९४ डिग्री फरेनहाइट छ । यति तातो पानीमा त छुँदा समेत जिउको छाला खुइलिन्छ र मान्छे खस्यो भने त त्यहीँ पाकेर मर्ने पक्का छ ।


मोनो तालको पानीमा नुन तथा सोडाको मात्रा अत्यधिक रहेको छ । यो पानी देख्दा त निकै सफा तथा कडा पनि छ । तर यो तालको पानीमा कार्बोनेटको मात्रा उच्च छ र अत्यधिक क्षारिय छ । यो पानीमा जिउ डुबाउँदा पोल्छ भने पानी खाएमा ज्यानै जानसक्छ ।यो ज्वालामुखी ताल हो । यो पानीमा कार्बनडाइअक्साइडको मात्रा निकै उच्च रहेको छ । सन् १९८६ मा यो ताल आसपासको क्षेत्रमा भयानक घटना घटेको थियो । तालको छेउँछाउँमा रातमा पाल टाँगेर सुतेका १७ सय जना मानिसहरुको मृत्यु भएको थियो । सबैको मृत्यु तालबाट आउने विषाक्त ग्यास नै भएको बताइन्छ ।


टाढाबाट हेर्दा निकै सुन्दर देखिने यो ताल वास्तवमा खतरनाक छ । यो पानीमा अत्यधिक मात्रामा अम्ल रहेको छ । यो पानीको तापक्रम समेत मंगल ग्रहको जत्तिकै भएको भनी नासाका वैज्ञानिकहरुले पुष्टि गरिसकेका छन् ।

गुलाबी तालको नामले चिनिने यो तालमा अत्यधिक मात्रामा लवण तथा सोडाको मिश्रण रहेको छ । साथै यो तालको पानी निकै तातो छ । यसको तापक्रम १४० डिग्री फरेनहाइट रहेको छ ।

यो विश्वको सबैभन्दा प्रदुषित नदी पनि हो । यसमा सिसा, क्याडमियम, क्रोमियम जस्ता हानिसकारक तत्वहरुकासाथै विभिन्न खालका किटनासक औषधि समेत मिसिएको छ । यो नदीको पानी निकै खतरनाक रहेको छ ।


यो रुसको सबैभन्दा प्रदुषित ठाउँ पनि हो । यो तालको पानीमा विकिरणयुक्त पदार्थहरु अत्यधिक पाइने भएकाले निकै खतरनाक रहेको छ ।


Facebook Comment


No ads found for this position