विराटनगर विमानस्थलमा जलमग्न

 अजित तिवारी 

विराटनगर-  लगातारको भारी बर्षाले अति आवश्यक सेवालाई समेत अबरुद्ध बनाएको छ। टेलिफोन र मोवाइल सेवामा शनिवार विहानैदेखि समस्या छ।

 विराटनगर विमानस्थलमा पानी जमेकाले जहाजको उडान र अवतरण हुन सकेको छैनन्। सुनसरीको दुहवीस्थित नेपाल बिद्युत प्राधिकरणको ग्रीडमा पानी पस्दा विहानैदेखि बिद्युत सेवा अवरुद्ध छ। बिद्युत सेवा अवरुद्धले सबभन्दा बढी समस्या पारेको छ।

विराटनगरमा रहेको नेपाल आयल निगमको क्षेत्रीय डिपोमा पनि बर्षाको पानी पसेको छ। निगमको पर्खाल पानीले भत्काइदिएको छ । नेपाल टेलिकमको मोवाइल र ल्यान्डलाइनमा पनि विहानैदेखि समस्या छ । फोन लागेपनि नेटवर्कको समस्या मोवाइलमा देखिएको छ । ल्यान्डलाइन भने पुरै ठप्प छ।

नागरिक उडड्यन कार्यालय, विराटनगरका प्रमुख सुरेशमान सिंहका अनुसार बर्षाले एयरपोर्टमा ३ देखि ४ फिटसम्म पानी जमेको छ। रनवेमा मात्रै ३ फिट पानी जमेको छ । भारी बर्षाका कारण शनिवार कुनैपनि उडान हुन सकेको छैन। केशलिया खोलाको पानी ओभरफलो भएर पस्दा एयरपोर्टमा पानीपानी भएको हो।

 ‘टर्मिनल भवनमा पनि पानी पसेको छ । जहाज उडान भएन् । आर्मि, पुलिसको ब्यारेक पुरै डुबेको छ,’ उडड्यन कार्यालयका प्रमुख सिंहले भने । उनले पानी रोकिएपनि विराटनगर विमानस्थलबाट उडान गर्न कम्तीमा ४८ घण्टा लाग्ने बताए ।  ‘उडान सुरु भएपनि तत्कालका लागि उज्यालोमा मात्र हुन सक्छ,’ उनले भने, ‘२४ घण्टै पानी रनवेमा रहँदा वालुवा र हिलो सबै आएको छ । सबैलाई राम्रोसंग सफा गर्नुपर्छ । जहाज नचिप्लियोस भनेर ।’ शुक्रवार राती विराटनगर विमानस्थलमा नाइटस्टे गरेको श्रीएयरलायन्स जहाजको पनि पाङ्रा डुबेको छ।


Facebook Comment


No ads found for this position