हावाबाट बिजुली उत्पादन सुरू

सागर राज तिमिल्सिना साउन, काठमाडौं । मुस्ताङमा ३० वर्ष पछि फेरि हावाबाट बिजुली उत्पादन भएको छ। मुस्ताङको कागबेनीमा २०४५ सालमा हावाबाट विजुली उत्पादन भएको ३० वर्ष पछि सदरमुकाम जोमसोमस्थित जिल्ला प्रहरी कार्यालयमा हावाबाट बिजुली उत्पादन शनिबारदेखि सुरू भएको हो।

हावाबाट निकालिएको बिजुलीको पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गरे। बुद्ध पावर कम्पनीले निमार्ण गरेको दुई वटा टावरमा राखिएको पंखाबाट ३ किलोवाट विद्युत उत्पादन भएको छ।

?????

उत्पादित विद्युतले जिल्ला प्रहरी कार्यालय मुस्ताङमा बिजुली बत्ती बाल्ने, कोठाहरु तातो बनाउने र कम्प्युटर चलाउनलाई प्रयोग हुनेछ। बुद्धपावर कम्पनीका संस्थापक स्पेनीस नागरिक राफेल भिनास पिच र नेपाली नागरीक एनआरएनका पूर्व सल्लाहकार पुष्पराज तिमिल्सिनाले खर्च गरेर निर्माण गरेका हुन्।

मुस्ताङको कागबेनीमा २०४५ सालमा हावाबाट विजुली उत्पादन भए पनि एक महिना भन्दा बढी समय टिकेको थिएन। कागबेनीमा अत्याधिक हावा चलेपछि पंखा भाँचिएर विद्युत उत्पादन बन्द भएको थियो।

‘यो नयाँ प्रविधि हो, यो प्रविधिबाट स्पेनमा विद्युत निकालिरहेका छन्, त्यही प्रविधिलाई हामीले प्रयोग गरेका हौ,’ बुद्ध पावर कम्पनीका सञ्चालक पुष्पराज तिमिल्सिनाले सेतोपाटीसँग भने, ‘स्पेनकै प्रविधि प्रयोग गर्दा मुस्ताङमा पनि सफल भयो।’

उनले ३ किलोवाट विद्युतले ६ सय वटा बत्ति बाल्न सकिने बताए। ‘पंखालाई हावाले घुम्दा विद्युत उत्पादन हुन्छ,’ उनले भने –‘उत्पादीत भएको विद्युत व्याट्रीमा सञ्चय हुन्छ, चाहिएको बेलामा बत्ती बाल्न र अन्य प्रयोगका लागि प्रयोग गर्न सकिन्छ।’

उनले मुस्ताङमा १० वर्ष पछिका लागि ४० मेगावाट विद्युत आवश्यकता पर्ने बताए। उनले ४० मेगावाट विद्युत उत्पादनका लागि ७ अर्व खर्चलाग्ने बताए। कार्यक्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोराला नाका छिटै खुल्ने बताए। ओलीले नेपाल तर्फबाट कोरालासम्म सडक बन्ने काम भइरहेको र चीन तर्फबाट पनि सडक बनिरहेका कारण छिटै नाका खुल्ने बताएका हुन्। उनले हावाबाट बिजुली निकन्छ भन्दा उडाउँनेलाई मुस्ताङमा आएर हेर्न आग्रहसमेत गरे ।

कार्यक्रममा बुद्धपावर कम्पनीका संस्थापक राफेल भिनास पिचले जोमसोमका मौषमको जानकारी दिने उपकरण समेत राखेको जानकारी दिए। उनले मौषम विज्ञानले देखाएका पछिल्लो गतिविधि पूर्व प्रधानमन्त्री ओलीलाई बुझाए ।


Facebook Comment


No ads found for this position