परिक्षणका लागि पुगेको जहाज बाढीको कारण विमानस्थलमै थन्कियाे

गणेश लम्साल

अबिरल वर्षाका कारण डुवानमा परेको विराटनगर विमानस्थल संचालनमा आउन अझै केही दिन लाग्ने भएको छ । दुईदिन अविरल परेको वर्षाले आएको बाढी पसेर जलमग्न भएको विराटनगर विमानस्थल संचालन आउन अझै केही दिन लाग्ने भएको हो ।

आईतबार साँझबाट वर्षा कम भएपछि विमानस्थलको धावन मार्गको पानी सुकेको छ । तर, अन्य स्थानमा जमेको पानी अझै सुकिसकेको छैन । वर्षा रोकिएको ४८ घण्टा भित्र विमानस्थल संचालन ल्याउन सकिने भनिए पनि उपकरणको अवस्था चेकजाँच गर्न र धावनमार्ग सफाईमा समय लाग्ने भएकोले उडान गराउन अझै केही दिन लाग्ने नागरिक उड्यन प्राधिकरण विराटनरका सहायक प्रमुख सन्तोष ढकालले बताए । उनका अनुसार विमानस्थलको यात्रु कक्ष , रनवे र परिसरमा बाढी पसेकाले ईलेक्टिसिटी र उपकरणको अवस्था सबै चेकजाँच गर्ने काम सोमबारबाट सुरु भएको छ ।

सहयाक ढकालले भने ‘आइतबारसम्म त विमानस्थल भित्रबाहिर कोही आउ जाउन गर्न सक्ने अवस्थाथिएन, सोमबारबाट बल्ल आउजाउ भएर क्षति विवरण संकलन गर्ने र बिग्रेका उपकरणहरु चेकजाँच गर्ने काम थालिएकाले संचालन हुन अझै केही दिन लाग्ने छ ।’ विराटनगर विमानस्थलबाट दैनिक तीन सय यात्रु आवत जावत गर्ने गरेका थिए ।

परिक्षणका लागि विराटनगर पुगेको श्री एयरको जहाज विमानस्थलमै
नियमित उडान सुरु नगर्दै श्री एयरलाइन्सको जहाज बाढीको कारण विराटनगर विमानस्थलमै थन्किएको छ । शुक्रबार रातिदेखि भएको अविरल वर्षाको कारण शनिबार बिहानै विराटनगर विमानस्थल डुबानमा परेपछि परिक्षण उडानका लागि बिराटनगर आएको श्री एयरको उक्त विमान धावनमार्गमा डुवानमा परेको थियो ।सोमबारदेखी विराटनगर विमानस्थलको रनवेमा पानी सुकेपनि विमानले उडान भर्ने अवस्था सृजना भइसकेको छैन ।


Facebook Comment


No ads found for this position