Clubriches Casino 100 Free Spins Bonus 2025: In addition to standard card symbols you can also find hot air balloon, anchor, lamp and horseshoes.
  • Online Casinos Uk Casino Club - The RTP rate of majority pokies is pretty high that increase the chances of winning.
  • Fruit Slot Machine New Zealand: There is just about money to be jaw talk however goes when it is a set of course.
  • Roulette doubling bet

    Slot Machines Live
    There is a tremendous number of casinos offering live casino games.
    Perfect Money Casino Sites
    But the number of transactions is unlimited so that you can cash out your winnings with no boundaries.
    Players must maintain only 13 tiles on their boards at all times during the game.

    Crypto Casino slots rules

    Airbet Io Casino No Deposit Bonus 100 Free Spins
    Choosing this will trigger each of the three features randomly with every free spin.
    Tropica Casino Login App Sign Up
    These are the best awards the game can produce in the base play.
    The Sea 89 Online Casino 100 Free Spins Bonus 2025

    भारतीय बाँध भत्किएपछि………

    नेपाल भारत सीमा नजिकै भारतले निर्माण गरेको बाँध । गौरको दक्षिणमा रहेको नेपाल भारत छुट्याउने सीमानजिकै भारतले निर्माण गरेको बाधको साइफोन नखोल्दा गौर डुबानमा परेको हो ।

    भूषण यादव/पवन यादव, गौर (रौतहट)

    चार दिनको अविरल वर्षाले सदरमुकाम गौरको तल्लो भाग शनिबारसम्म जलमग्न थियो । त्यही दिन अपराह्न बकैयाखोलाको बाढीले चन्द्रनिगाहपुर–गौर सडक खण्डको सखुअवा चोक भत्कायो । २२ किलोमिटर दूरीको मुख्य बजार डुबानमा पर्‍यो ।

    स्थानीय प्रशासनले बाढीको खतरा आँकलन गर्दै चेतावनी दिएकाले स्थानीय जाग्राम थिए । ‘१० फिटसम्म पानी जम्मा भएको थियो,’ गौर भन्सार रोडका थोक सामान बिक्रेता जितेन्द्र साहले सम्झिए, ‘चारैतर्फ पानी नै पानी थियो ।’

    पानीबाट जोगिन नगरवासी छतमा चढे । पक्की घर नहुनेले धर्मशाला र छिमेकीको घरमा आश्रय लिए । गौरबाट करिब एक किलोमिटर टाढा सीमा नजिक भारतले ठूलो र बलियो बाँध निर्माण गरेकाले पानीको बहाव रोकियो । ठूलो बाढी भएकाले स्थानीय र नेपाल प्रहरीले बाँधको साइफन (पानी निकासका लागि निर्माण गरिएको फलामे संरचना) खोल्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) लाई आग्रह गरे ।

    दसगजा नजिक भारतले निर्माण गरेको साइफन नखोलिदिँदा पानीले निकास पाएन । त्यसैले अत्यधिक क्षति भयो । साइफन खोल्नुको सट्टा एसएसबीले नेपालीलाई धपाए । अनि साइफनको सुरक्षार्थ खटिए । आइतबार साँझ बाढी थेग्न नसकेपछि सदरमुकामको पूर्व–दक्षिण किनारमा रहेको भारतको मसाहास्थित बाँध दुई ठाउँमा भत्किएपछि गौरको पानी बैरगनिया तर्फ बग्यो । बाँध भत्किएको ठाउँमा एक भारतीय नागरिकको तीन तले पक्की घर पनि बग्यो ।

    ‘सुरुमै साइफन खोलेर नियन्त्रित तरिकाले थोरै–थोरै पानी निकास गरिदिएको भए यति ठूलो क्षति हुँदैनथ्यो,’ उद्योग वाणिज्य संघका संस्थापक सदस्य देवप्रयाग गुप्ताले भने, ‘उनीहरूले सहयोग गर्नुपथ्र्यो । रोटी–बेटीको सम्बन्ध नागरिक स्तरमै कायम रह्यो, प्रशासनिक स्तरमा लागू भएको देखिएन ।’

    उनका अनुसार २०५० को वाग्मतीको बाढीपछि भारतले सीमा क्षेत्रमा १२ फिट अग्लो र २५ फिट चौडा बाँध निर्माण गरेको थियो । गौर बजारभन्दा मुस्किलले २ किलोमिटर दक्षिणमा छिमेकी बैरगनिया बजार छ । बाँध भत्काएर प्रवेश गरेको बाढीले बैरगनिया पनि दुई दिन जलमग्न भएको थियो । भारतीय सुरक्षाकर्मीले समयमै साइफन नखोलेको भन्दै गौरवासीले आक्रोश व्यक्त गरे । प्रत्येक वर्षात्मा एसएसबीले साइफन बन्द गर्छ । साइफन निर्माण भएकै पानी निकासका लागि हो । यसपालि क्षति बढी भएकाले छिमेकीको व्यवहारले गौरवासी आक्रोशित छन् ।

    लयमा फर्किंदै  
    ५ दिनपछि बिहीबार गौरमा चहलपहल देखियो । भत्किएको चन्द्रनिगाहपुर–गौर सडक खण्डमा डाइभर्सन निर्माण भएपछि बस, जिपलगायतका सवारी सञ्चालनमा आएका छन् । राहत र अन्य सरकारी कामका लागि ग्रामीण भेगबाट आउने स्थानीयको भीड बाक्लो देखिन्थ्यो ।

    मुख्य बजारका दायाँ–बायाँ लस्करै खुलेका पसलका अगाडि व्यापारीले बिक्रीका सामान घाममा सुकाउन राखेका छन् । कामदारको सहायताले पसल सरसफाइ गरिरहेका थिए । रेडिमेड कपडा व्यापारीले छतमा कपडा झुन्ड्याएका छन् । सरकारी कार्यालयका कागजात, फर्निचर पनि परिसरमा निकालिएको छ ।

    निर्वाचन सामग्री भिजेर काम नलाग्ने भएका छन् । जिल्ला प्रहरी कार्यालय अझै जलमग्न छ । सीमामा रहेको गौर भन्सार कार्यालय गोदामबाट कर्मचारीले भिजेका मालसामान निकालेर घाममा राखेका छन् ।

    पक्की घरमा क्षति नभए पनि गौर नगरपालिका– ३ मा बसोबास गर्ने ६० दलित परिवारका कच्ची घरमा पूर्ण क्षति भएको छ । सरकारले त्यहाँ जनता आवास कार्यक्रमसमेत सञ्चालनमा ल्याएको थियो । सरकारी ढिलासुस्तीले दलितका लागि समयमै पक्की घर निर्माण हुन नसक्दा उनीहरू फुसको घरमा बस्दै आएका थिए । तिनै घर भत्किएका हुन् । ‘सहरमा बाढी प्रवेश गरेपछि मठको छतमा आश्रय लिएका थियौं,’ विन्देश्वर माझीले भने, ‘४ दिनपछि घर फर्कियांै ।’ उनीहरूले हालसम्म कुनै राहत नपाएको गुनासो गरे ।
     

    गौरको क्रान्तद्धार । गौरको दक्षिणमा रहेको नेपाल–भारत छुट्याउने सीमा नजिकै भारतले निर्माण गरेको बाधको साइफोन नखोल्दा गौर डुबानमा परेको हो । तस्बिर : कान्तिपुर 

    व्यापार चौपट
    गौरका पुराना गल्ला (खाद्यान्न) व्यापारी गोपालप्रसाद अग्रवाल चिन्तित छन् । उनको गोदाममा रहेको ठूलो परिमाणको मसुरो, मुंग गहँु, तोरी, धान र मकैलगायतका खाद्यान्न पानीमा भिजेर सडेका छन् । कामदार लगाएर बाहिर घाममा निकाल्दै गरेका उनले भने, ‘सिजनका बेला खरिद गरेर राखिएको खाद्यन्न बरबाद भयो ।’

    उनका अनुसार गौरको गल्ला व्यापारीको झन्डै १५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । ‘बजारमा सप्लाइ गर्नका लागि न त स्टक नै रह्यो,’ उनले भने, ‘न त खरिद गर्ने पैसा नै छ ।’ यहाँको गल्ला भण्डारबाट हेटांैडा, नारायणगढ, काठमाडौंलगायतका बजारमा खाद्यान्न सप्लाइ हुने गरेको अर्का व्यापारी रघुनाथ कलवारले बताए । बैंकको ब्याज र ऋणले सताउन थालेको छ । मेन रोडका कपडा व्यापारी तथा संघका संस्थापक देवप्रयाग गुप्ताले व्यापारीको क्षति यकिन गर्नै गाह्रो रहेको बताए । ‘खाद्यान्न, रेडिमेड, कपडा, इलेक्ट्रोनिक्स, किराना, औषधिलगायतका व्यापारी मारमा परेका छन्,’ उनले भने, ‘संकटग्रस्त घोषणा गरी सरकारले राहत उपलब्ध गराउनुपर्छ ।’

    अधिकांश व्यापारीको मूल्य अभिवृद्धि कर (भ्याट) रसिद, खरिद–बिक्री खातालगायतका बिलबिजक भिजेका छन् । ‘कुन पार्टीले कति उधारो लगेको छ, त्यसको लिखित कागजात पनि छैनन्,’ एक व्यापारीले भने, ‘कर के आधारमा तिर्ने ? व्यापार कसरी गर्ने भन्ने चिन्ता लागेको छ ।’

    औषधिका थोक बिक्रेता सचिन खण्डेलवालले बजार क्षेत्रका खुद्रा औषधि व्यवसायी अत्यधिक मारमा परेको बताए । ‘उनीहरूको एउटै सटर हुन्छ, रातको समयमा बाढी पसेकाले औषधि निकाल्न पाएनन्, सबै भिजेको छ,’ उनले भने, ‘मेरो पनि कम्तीमा ३० लाख मूल्य बराबरको औषधि बिग्रियो । केही सुखाएर प्रयोग गर्न सकिने भएकाले घाटा कम भएको हो ।’

    सबै व्यापारीको दयनीय अवस्था छ । २५ वर्षपछि आएको अहिलेसम्मकै ठूलो बाढीले गौरवासी स्तब्ध छन् । ‘सबैको पसलमा क्षति भएको छ,’ स्थानीय सञ्चारकर्मी गौतम श्रेष्ठले भने, ‘सबै पीडित छन् । आफ्नो दु:ख कसलाई सुनाउनु ? एक–अर्काको दु:ख र नोक्सान देखेर मन थामेका छन् ।’

    महामारीको डर
    बाढीपछि नगरपालिकाको बजार क्षेत्रमा दुर्गन्ध फैलिएको छ । सरसफाइमा नगरपालिकाका कर्मचारीले उचित ध्यान दिएका छैनन् । स्थानीय आफंै सरसफाइमा जुटेका छन् । वरिपरि झाडापखालाका रोगी बढेका छन् । औषधि व्यवसायी खण्डेलवालले बुधबार मात्र ५० कार्टुन स्लाइन पानी बिक्री गरेको जानकारी दिए ।

    गौर अस्पतालका मेडिकल अधिकृत डा. मोहम्मद हुसैनले पानीजन्य रोग बढ्ने खतरा रहेको औंल्याए । ‘महामारीकै रूपमा बिरामी त आएका छैनन्,’ उनले भने, ‘तर, सचेतना फैलाउन आवश्यक छ ।’ सरसफाइ गर्न, पानी तताएर खान, बासी खाना नखानलगायतका सचेतना स्थानीयमा फैलाउन जरुरी रहेको उनले बताए । साभार कान्तिपुर


    Facebook Comment


    No ads found for this position