अब २४ सै घण्टा जाग्नेछ अब पोखरा

सुमन ढुंगाना
रातको १० .३० बजिसकेको थियो । लेकसाइड स्थित बिजी बि क्याफेमा एकजना बिदेसी मक्ख थिए ब्याण्ड ले बजाउन लागेको अन्तिम गित उनलाई मनपर्ने रहेछ साएद, रत गित संग तालमा ताल मिलाउदै टाउको हल्लाहिरहेका थिय । हो जब १०.३० बज्न थाल्छ पोखराको लेकसाइडमा रहेका सबै रेस्टुरेन्ट बारहरुमा वेटरले अन्तिम अडर लिन्छन, ब्याण्डहरु अन्तिम गित बजाउन थाल्छन । अनि जब ११ बज्छ रमाउने मन हुदाहुदै पनि पर्यटकहरु आफु बसेको ठाउँबाट उठेर निस्किनु पर्छ । दिनभरी को चहल पहल जब रात पर्न थाल्छ एक्कासी कम हुन्छ , र ११ बजिसक्दा सुनसान भैसक्छ पोखरा । अर्थात पोखरा को लेकसाइड पनि सुति सक्छ । र एकै छिन मा जिलिमिली लेकसाइड चकमन्न अध्यारो हुन्छ, किरा हरु कराउन थाल्छन , लाग्छ कालो पर्दाले छोपिन्छ देश को पर्यटकीय राजधानी पोखराको लेकसाइड । हो पोखरा जस्तो देश को सम्बृद्ध संग जोडिएको मुख्य पर्यटकीय केन्द्र रात परेपछि झन्डै कफ्र्यु लागेजस्तै हुन्छ । रात मा पोखरा भित्रने पर्यटकहरु अलपत्र पर्छन, र भित्रिसकेका पर्यटकहरु पनि चाहेको समयमा पोखरा अनुभब गर्न पाउदैनन । अहिले सम्म को अवस्था हो यो पोखराको । तर अब यो अवस्था हुनेछैन पोखरामा । गृहमन्त्रलए ले तत्काल नै पोखराको लेक साइडलाई २४ घण्टा खोल्न आदेश दिएको छ र त्यसकोलागि आवश्यक प्रबन्ध मिलाउन सम्बन्धित सरकारी निकाएलाई उर्दी जारि गरिसकेको छ । रेवान पोखराका महासचिब बिस्वराज पौडेल भन्छन सरकारको यो आदेशले पोखराको पर्य्टन बिकासमा नयाँ आयाम थपेको छ र यो निर्णयले पोखराको पर्यटन बिकास हुनेमा हामी ढुक्क छौ ।
रेवान पोखराका अनुसार सय भन्दा बढी रेस्टुरेन्ट एंड बार पोखराको लेकसाइडमा संचालित छन् । रेवान अन्तर्गत नपर्ने डान्स रेस्टुरेन्ट, डिस्को ठेक, दोहोरि , गजल बार , चिनिया रेस्टुरेन्ट लगाएत का झन्डै ५० बढी रेस्टुरेन्ट पनि संचालित छन् । हाल पोखरामा एउटा मात्र डिस्को संचालित छ र एसको संख्या बढेर अबको केहि महिनामा झन्डै आधा दर्जन पुग्दै छ ।यी सबै पर्यटक लक्षित गरेर संचालन गर्न लागिएको हो ।
लेकसाइड मा पर्यटन ब्यबसाय मा मात्र अरबौको लगानी छ , र त्यो लगानी देशको लागि गरिएको लगानी हो । तर जुनरुप मा यहाका पर्यटन ब्यबसाहिले सोचेका थिए त्यसो भने हुन सकेको छैन । पोखरालाई चौबिसै घण्टा खुला अर्थात २४ आवर ओपन मार्केट बनाउने चाहाना धेरै पुरानो हो , तर त्यो चाहना पुराहुना सकेको छैन । जसका कारण जुनरुपमा पर्यटकको संख्या बढ्नुपर्ने हो त्यो बढ्न सकेको छैन । र आएका पर्यटक पनि आफु खुसि रमाउन पाएका छैनन् । पर्यटनलाई देशको सम्ब्रिदी संग जोड्नेहो भने अब नया सैलीमा अगाडी बढ्नु पर्छ र ब्यबस्थित रात्रीकालिन पर्यटन लाइ अगाडी बडायर पोखरा र लेकसाइड पुग्ने पर्ने थप गन्तव्यमा समाहित गर्नु पर्छ भन्छन माउन्ट कैलाश रिशोर्ट का संचालक नरेश भट्टराई ।
बिदेशका चर्चित पर्यटकीय गन्तब्य जस्तै पोखरा लाइ पनि चौबिसै घण्टा खुला राखिनु पर्छ यो अपबाद बाहेक अहिले साझा मुद्दा बनेको छ । एसो भनिरहदा केही पर्य्टन ब्यबसायी भने सरकारको यो कदमको समर्थनमा देखिएका छैनन । पश्चिमाञ्चल होटल संघ का निबर्तमान अध्क्ष्य एबम पोखरा पर्यटन परिसदका उपध्क्षय भरत पराजुली भन्छन लेकसाइडमा सबै भन्दा बढी लगानी होटल ब्यबसाएको रहेको छ त्यसलाई असर पर्ने गरि २४ घण्टा खुला को अबधारणा आउनु सुहाउने कुरा भएन । उनि थप्छन अहिलेकै अवस्थामा यो सम्भब नहुने योजना हो सरकार को ।
लेकसाइड लाइ २४ घण्टा खुला गर्ने योजनामा रेवान पोखरा सकारात्मक र उत्शुक भए पनि पस्चिमंचाल होटल संघ संग आबद्ध ब्यबसाइको को भने कुरा बाझिएको छ बाराही ग्रुप का अध्क्क्ष बिप्लब पौडेल भनाइ छ कति घण्टा खोल्ने भन्ने कुरा सरकार को हो यस्मा ब्यबसाईले एस्तो उस्तो भनेर प्रतिक्रिया दिन जरुरि छैन कुरा यत्तिहो कुनै पनि ब्यबसाए संचालन गर्दा अर्को ब्यबसायलाइ असर पर्नु भएन ।
पस्चिमान्चल होटल अन्तर्गत ३०० को हाराहारीमा होटल ब्यबसाय संचालित छन् लेकसाइड क्षेत्रमा जसको केहि प्रतिसत होटल मात्र लेकसाइड को मुख्य सडक संग जोडिएका छन् । पोखरालाई २४ घण्टा खोल्न धेरै पहिले देखिनै पहल भएको हो तर पोखराकै ब्यबसायीकै कुरा बझिए पछी पटक पटक चर्चा भएपनी त्य्स्ले सार्थक रुप पाउन सकेन । लेकसाइड लाइ २४ घण्टा खोल्ने अबधारणा अनुरुप नै केहि समय अगाडी लेकसाइड को मुख्य सडकलाइ नो भेकल जोन बनाइएको थियो तर पछि त्यो घोषणा आफै हट्यो तर ब्यबस्थित २४ घण्टा खोल्ना नो भेकल जोन आबस्याक देखिन्छ ।
पछील्लो समय लेकसाइड बाट रात्री बस सन्चालन गर्ने तयारी पनि गरिएको छ् जुन अन्तिम रुपदिन मात्र बाँकी छ् । सरकारले लेक्साइडलाई २४ घण्टा ब्य्बस्थित तवरले खोल्ने कदम अगाडि बडाएपछी यहाँको प्रहरी प्रशासन र जिल्ला प्रशासन कार्यलए पनि सोही अनुरुप आवश्यक ब्यबस्था मिलाउन थालेका छन । ब्यबसायी कै दुई थरी बिचार र अनेकन चुनौतीलाई पार लगाउदै कसरी २४ घण्टा बजार खोल्ने बातावरण बनाउदै हुनुहुन्छ भनेर प्रश्न गर्दा कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी भन्छन अबको १ महिना भित्र कार्य्बिधि बनाइ होटेल, रेस्तुरेन्ट, स्थानिए सबैलाई असर नपर्ने गरी काम गरिनेछ र अबको २ महिनामा लेकसाइड २४ घण्टा खोलिनेछ ।
पोखरामा अहिले रेस्टुरेन्ट, बार, क्लब लगायतका ब्यबसाए सन्चालनमा छन । केही बाहेक सबैले आफ्नो तर्फ बाट गर्नु पर्ने तयारी गरेकापनी छन । पोखरालाई पर्यटन ब्यबसाहि देखि पर्यटक र स्थानीय सबैले चौबिसै घण्टा खुला गर्न चाहन्छन तर किन सबैको इच्छा एउतै हुदा पनि यो सम्भब हुन सकेन , तर ढिलई भएपनी सुरुहुन लागेको यो पर्यटन बिकासको अर्को पुललाई सबै मिलेर ब्य्बस्थित तवरले अगाडि बडाउन सके पोखराको मात्र हैन समग्र देशको पर्यटन बिकासमा कोसेढुङो सबित हुनेछ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Facebook Comment


No ads found for this position