भदौ ५ गते १८ वर्ष पुगेकाले मात्रै भोट दिन पाउने

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भोट हाल्न भदौ ५ गते १८ वर्ष पूरा भएर मतदाता नामदाता नामावलीमा नाम हुनुपर्ने जनाएको छ ।

सरकारले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि २०७४ साल मंसिर १० गते हुने निर्वाचन भदौ ५ गत घोषणा गरेको थियो ।

मिति घोषणा भएको दिनलाई नै ‘कट अफ डेट’ मान्दै सो दिन १८ वर्ष उमेर प्ुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले मतदान गर्न पाउने निर्णय गरेको हो ।

मतदाता नामावली ऐन, २०७३ को दफा ६ ९ख० अनुसार आयोगले १८ वर्ष उमेर पूरा भएको मिति तोक्ने व्यवस्था अनुसार मतदाताको १८ वर्ष पुगेको मिति तोकेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

यसका लागि निर्वाचन आयोगले २०७४ साल भदौ ३ गतेसम्म मतदाता नामावलीका लागि नाम सङ्कलन÷दर्ता भएका व्यक्तिहरूको विवरण रुजु गरी मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु गर्ने निर्णयसमेत गरेको छ ।

यता असोज २ गते हुने २ नम्बर प्रदेशको स्थानीय चुनावमा भने फागुन ९ गते नै १८ वर्ष पुगेकाले मात्रै मतदान गर्न पाउने छन् ।


Facebook Comment


No ads found for this position