ग्रामिण सडककाे सास्ती, १५ मिनेटकाे बाटाे २ घण्टा !

गगन अयडी , बाजुरा, भाद्र   | जिल्लाका धेरै जसो ग्रामिण सडक हिलाम्मे बनेका छन् । वर्षाका कारण ग्रामिण कच्ची सडकहरु भत्किएका कारण वर्षायाम सुरु भएसँगै यहाँका बासिन्दाले वर्षेनी निकै कष्टपूर्ण यात्रा गर्नु परेको छ ।

यातायात सञ्चालन समििितले सञ्चालन गरेका यातायातका साधन असाढदेखि असोजसम्म नचल्दा यातायात व्यवसायी तथा यो क्षेत्रका यात्रुहरु सास्ती भोग्दै आईरहेका छन् ।सवारी साधन मार्तडी कोल्टी र मार्तडी गैमुल आटीचौर बारविसलगायतका बजारमा जोडीयका सडकहरु वर्षायाममा सधैं अबरुद्ध हुने हुँदा यहाँका जनताले सवारी प्रयोग गर्न पाउँदैनन् ।

ग्रामिण सडकको अवस्था हेर्ने हो भने साह्रै दयनिय अवस्थामा छ । यो सडक पानीका कारण परेका खाल्डा–खुल्डीले आवत–जावत गर्न साह्रै कठिन भएको र विभिन्न निकाय मार्फत रकम विनियोजन गरेको भएपनि काम राम्रो नहुँदा सवारी साधनलाई आवत–जावत गर्न निकै सास्ती भैरहेको स्थानीय बताउँछन् ।

बडीमालीका नगरपालीका ८ का जीप सञ्चालक कालु रावल गुनासो गर्दै भने, ‘सुरक्षित यात्रा गराउन खोज्दा पनि सडकको दुरावस्थाले सुरक्षित यात्रा गराउन सकिदैन ।’ बाजुरा सार्वजनिक यातायात व्यवसायी समितिका सदस्यसमेत रहेका रावलले थपे, ‘सडकका लागि रकम आउँदा पनि समयमै काम गर्न नसकेर रकम फ्रिज भएर जान्छ । कसैले कामप्रति ध्यान दिंदैन । कहिलेसम्म हो हामिले यस्तो दुख गरी सवारी साधन सञ्चालन गर्नु ?’

 

यस्तै आटीचौरका बुद्ध बुढाले पनि यस्तै गुनासो छ । भनेले भने, ‘बाटो हिलाम्मे भएर हिड्न सकिने अवस्था छैन, । १५, २० मिनेट लाग्ने बाटोमा दुई, ढाई घण्टा समय लगाएर जानुपर्ने बाध्यता छ ।’

गैमुल गाउँपालिकाका जनताको सदरमुकामबाट खाद्यान्नलगायत दैनिक उपभोग्यका सामान र बिरामी पर्दा अस्पताल लैजाने बाटो यही हो । यहाँका बासिन्दाले सडक यातायातको सुविधाका लागि लामो समय खर्चेर बल्ल सवारी साधन चढ्न पाउँछन् । बाजुराका धेरै गाउँलाई सडकले छोए पनि सेवा भने भरपर्दो बन्न सकेको छैन् ।

पटक–पटकको बाढी पहिरोका कारण सेवा महँगो हुन थालेको पीडा त छ भने अर्कोतिर वर्षायाम सुरु हुने वित्तिकै धेरै जसो सडक बन्द हुने गर्छन् ।
ग्रामिण सडक बाढी र पहिरोले भत्किँदा याहाँका बासिन्दाले यात्राका लागि हैरानी खेप्नु परेको छ । जिल्ला भरी रहेका ग्रामिण सडकहरु बाह्रै महिना सञ्चालनमा ल्याउन सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।


Facebook Comment