घुमफिरमा हलेशी महादेवको दर्शन

धार्मिक मान्यताले मात्रै नभई प्राकृतिक सौन्दर्यले पनि खोटाङको हलेसी एक पटक पुग्नैपर्ने ठाउँ हो । ठूल–ठूला चट्टानबीचको गुफाभित्र बिराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर, उस्तै ठूलो बसाहा , गुफाभित्र सय मिटर छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार हुन् ।

उसोत यी दुई गुफाकाअगाडि उत्रै ठूलो भैरव नामक प्राकृतिक गुफा छन्, यी प्राकृतिक भू–बनोटलाई अवलोकनकर्ता विश्वमा नै नमुना भन्छन् ।सगरमाथा हिमश्रङ्खलाको काखमा अवस्थित यी गुफाहरुको प्राकृतिक सौन्दर्यको बर्णन मात्रै हो यो ।

यस बाहेक हलेसीको धार्मिक रुपमा पनि विश्वभर चर्चा छ । जसका कारण बर्षेनी लाखौ देशीविदेशी तीर्थयात्री हलेसी आउने गरेका छन् । नेपाल बाहेक भारत, चीन, भुटान, अमेरिका, जापानलगाएतका मुलुकबाट भौगोलिक विकटताका बीच लामिडाडाँ बिमानस्थल हुँदै हलेसी आउने गरेका छन् ।

खोटाङ सदरमुकाम दिक्तेलबाट ११ कोष पश्चिम हलेसीस्थित गुफामा बिराजमान शिवपावर्तीको दर्शन पश्चात मनोकांक्षा पूरा हुने जनविश्वाशमा उनीहरू आउने गर्छन् ।हिन्दुधर्मालम्बीले पुर्वको पशुपति, बौद्धले दोश्रो लुम्बिनी र किरातले आदिम भूमी मान्ने खोटाङको हलेसी महादेवस्थान प्राकृतिक भू–वनोट र भ्रमणकारुपले छुटाउनै नहुँने ठाउँ हो ।

सडक नपुगेसम्म लामिडाडाँ विमानस्थलको अर्काे विकल्प नभएको हलेसीमा अहिले काठमाडौंबाट समेत एकैदिनमा पुग्न सकिन्छ । तीन ठूला प्राकृतिक गुफाको अवलोकलन÷दर्शन गर्न मध्यपहाडी राजमार्ग हुँदै काठमाडौंबाट एकदिनको बस यात्रापछि पुग्न सकिन्छ हलेसी , भने तराईका जिल्लाहरुबाट उदयपुर–ओखलढुङ्गा अन्तर्गतको सिद्धिचरण राजमार्ग हुँदै सहज रुपमा हलेसी आउन सकिन्छ ।

यी बाहेक लामिडाडाँ र खानीडाडाँ विमानस्थलमा ओर्लिएर केहि घण्टाको बस यात्रापछि पनि हलेसी पुग्नसकिन्छ । हलेसी महादेवको पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वाश रहिआएको छ । गुफाभित्र धर्मद्वार, पापद्वार जस्ता विभिन्न द्वारहरू छन् । जहाँ छिरे पाप नष्ट हुने, धर्म कमाईने आदि विश्वास गरिन्छ ।

हलेसीलाई तीर्थधामका रुपमा विकास गर्न सरकारले २०५३ देखि हलेसी विकास समितिमार्फत विकास योजना अघि बढाएको छन् । हलेसी आउने तीर्थयात्री तथा पर्यटकहरूलाई बस्ने, खाने र दर्शन÷अवलोकनको सहज बातावरण मिलाउने तर्फ केन्द्रीत भएर कार्यक्रम सञ्चालन भईरहेको हलेसी तुवाचुङ नगरपालिकामा मेयर इवन राईले वताए ।

एक नं प्रदेशको एउटा मुख्य आर्थिक श्रोत समेत मानिएको धार्मिक पर्यटकीयस्थल हलेसीलाई सरकारले बार्षिक रुपमा बजेट बिनियोजन गर्दै आएको छ । तर, कार्यान्वयन प्रकृया फितलो भएको स्थानीयको गुनासो छ ।

 

उत्पत्तिको सवालमा

हलेसी गुफाका बारेमा बिभिन्न किम्बदन्ती पाइन्छ । यसलाई किरातीहरुले आफ्नो आदिम भूमी, बौद्धहरुले दोश्रो लुम्बिनी र हिन्दुहरुले पूर्वको पशुपति भन्ने गर्छन् । एउटा किम्वदन्ती अनुसार किराती राजा बाँघबंशी सिकार खेल्ने क्रममा बि.सं. १८२० तिर मृग खेद्दै गर्दा उनकोे कुकुर हराउँछ । कुकुरको खोजी गर्दा उनले कुुूरको आवाज गुफाभित्र सुन्छन । गुफाभित्र लहराको साहारामा पस्दा चमकदार शिव लिङ्ग भेटिन्छ । त्यसपछि, महादेवका रुपमा मानिदै आएको जनविश्वार रहिआएको छ ।

हिन्दुधर्मको किम्बदन्ती अनुसार भस्मेश्वर नामक राक्षस पावर्ती पाउनका लागि हजारौं बर्ष भगवान बिष्णुको तपश्या गर्छन् । त्यसपछि, बरदान दिने क्रममा भस्मेश्वरले शिवजीलाई मार्न पाउँनुपर्ने बरदान माग्छ । सोही बरदान अनुसार शिव र पार्वतीलाई खेद्दै जाने क्रममा हलेसी आएपछि, शिवपार्वती गुफाभित्र छिरेको र भश्मेश्वर पनि त्यही पस्छ । तर, बिष्णुले पुन ः जाल रची भश्मेश्वरलाई नै भश्म बनाईदिएपछि, शिवपार्वती त्यहि बिराजमान भएको किम्बदन्ती रहेको छ ।

यस्तै, त्यस गुफामा किरातीहरुले बस्ने गरेको पनि किम्बदन्ती छ । रामनवमी, बालाचतुर्दशी, शिवरात्री र तीज गरी बर्षमा चार पटक ठूला मेला लाग्ने हलेसीमा देश बाहेक बिभिन्न मुलुकबाट समेत तीर्थयात्री तथा पर्यटकहरू आउने गर्छन् । तीन ठूला प्राकृतिक गुफा रहेको हलेसीमा बिभिन्न देबीदेवताका मुर्ति छन् । संरक्षण समितिका अनुसार महादेबस्थान रहेको गुफा ४४३ मिटर लामो छ भने सय मिटर चट्टानभित्र पसेपछि एक सय २० मिटर अग्लो बसाहा गुफा छ । उत्रै ठूलो भैरब गुफा छ । तीनै गुफा गोलाकार छन् । धार्मिक पर्यटकिय क्षेत्र भएर पनी उचीत प्रचार प्रसारमा सरोकारवाला निकायको ध्यान त गएन गएन स्थानीयले अब यस क्षेत्रको प्रचार प्रसार गरि आन्तरीक थता बाह् पर्यटक भित्रयाउने खालका कार्यक्रम ल्याउन सके कसैको मुख ताक्नु पर्दैन ।।

 


Facebook Comment


No ads found for this position