सुदूरपश्चिमेलीको गौरापर्व,काठमाडौँमा रौनक (फोटो फिचर)

काठमाडौँस् सुदूरपश्चिमेलीको प्रमुख चाड गौरा पर्व मंगलबार काठमाडौँको टुँडिखेलमा पनि धुमधामसँग मनाइयो।

भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन घरघरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात् पाँच प्रकारको अन्न भिजाएर पर्वको थालनी गर्ने गर्छन् ।

​ महिलाले ब्रत बसेर गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाएर राखिने यिनै पाँच अन्नको मिश्रणलाई ‘बिरुडा’ भन्ने गरिन्छ।

महिलाले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभमुहूर्तमा सामूहिक रूपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ।

सप्तमीका दिन गौरा देवीलाई नजिकका मठ–मन्दिरमा भित्र्याएर पूजा–अर्चना गरी विवाहित महिलाले दुबधागो चढाउने गर्छन्।

गौराष्टमीका दिन ब्रत बसेर महिलाले बिहानैदेखि गौरा मनाउने स्थल गौरा खलोमा पूजाआजा गर्छन्। साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको पुरोहितहरूको भनाइ छ।

सोही दिन महिलाले प्रसादका रूपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने चलन छ#साभार थाहा खबर


Facebook Comment


No ads found for this position