सुरु भयो काठमाडौंमा इन्द्रजात्राको रौनक

काठमाडौं, वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी मनाइने पर्व इन्द्रजात्राको लागि हनुमानढोका क्षेत्रमा लिङ्गो ठड्याइएको छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्र ध्वजासहितको लिङ्गो ठड्याएपछि यो जात्रा सुरु हुन्छ। काठमाडौं उपत्यकामा मात्र मनाइने यो जात्राका क्रममा रथयात्रा निकालिनुका साथै लाखे नाच, टाना किसी नाच, पुलु किसी लगायत विभिन्न नाचगान र देवीदेवताको पूजाआजा गरिन्छ ।

करिब एक सातासम्म मनाइने जात्रा यस वर्ष भदौ २० गते परेको छ। भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं उपत्यकाभित्रका नेवार समुदायका साथै धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाउने गरिन्छ।


Facebook Comment


No ads found for this position