आखिर किन सुनसान बन्यो दरवारमार्ग ? यस्तो छ कारण

आपूर्ति व्यवस्थापन विभागबाट आएको चारवटा टोलीले दरबारमार्गमा रहेका ब्राण्डेड शपमा अनुगमन गर्न खोज्दा व्यवसायीले अवरोध गरेका हुन्। व्यापारीले अनुगमनमा अवरोध गर्दै कर्मचारीलार्इ समेत हातपातको प्रयास गरेका थिए।अनुगमनलार्इ रोक्न व्यापारीले नारा जुलुश गरेका थिए।ुराज्य आतंक बन्द गरु भन्दै व्यापारीले नाराजुलुश गरेका थिए।अनुगमनमा कर्मचारी आउनेवित्तिकै दरबारमार्गका धेरैजसो पसल बन्द गरेर ब्यवसायीहरुले अवरोध सिर्जना गरेका थिए।

अनुगमनमा अवरोध गरेपछि कर्मचारीले थप सुरक्षा बल मगाएर धेरै मुनाफा लिने ब्राण्डेड शपमा सील गरेको थियो।उपभोक्ता अधिकार अनुसन्धान मञ्चका सदस्य दर्शन आचार्यका अनुसार व्यापारीले कर्मचारीमाथीनै जाइलाग्ने परिस्थिती आएपछि थप प्रहरी बल मगाएर ठगी गर्ने पसलमा सील लगाइएको हो।

उनका अनुसार वाच एण्ड सी र सुलक्स सेन्टरमा बढी मूल्यमा घडी बिक्रीका लागि राखिएको पाइएपछि सील गरिएको छ।

ब्राण्डेड घडी बिक्री गर्ने सुलक्स सेन्टरले ८७ हजार रुपैयाँमा किनेको घडी २ लाख ५ हजार रुपैयाँमा बिक्री गरेको पाइएपछि सील गरिएको हो।वाच एण्ड सीले ४५ सयको घडी १३ हजार रुपैयाँमा बिक्री गरेको पाइएको थियो।

दरबारमार्गमै रहेको एमबिए इन्टरनेशनलले भने २० प्रतिशत मात्रै मुनाफा लिएर घडी बिक्री गरेको पाइएपछि अनुगमन टोलीले कुनै कारवाही नगरि फर्किएको थियो।


आपूर्ति व्यवस्थापन विभागको टोलीले केही दिनअघि दरबारमार्गको ब्राण्डेड शपमा अनुगमन गरेको थियो।अनुगमनको क्रममा दरबारमार्गमा रहेका ब्राण्डेड शपले ुसेलुका नाममा ठगी गरेको पाइएको थियो।


Facebook Comment


No ads found for this position