६ बर्ष अघि र अहिलेको जोमसोम निकै फरक


जोमसोम यो मेरा ७ औ पटकको यात्रा हो । पहिलो पटक करिब ६ बर्ष अघि जादा र अहिलेको जोमसोम निकै फरक पाए । चार बर्षअघि जादा सडक सन्जालले खासै स्थान पाएको थिएन । तर अहिले जोमसोम बाट कागबेनी, तान्ग्बे हुदै छुसांग र चैले सम्म सवारी साधनमा पुगे ।
जोसोम बाट ११० किलोमिटर दुरीमा रहेको कोराला सम्म अहिले धमाधम सडक फराकिलो बनाउने काम भैरहेछ । यदी यही रफ्तारले काम हुने हो भने कोराला नाका सम्म जोमजोम निकै नजीक हुनेछ ।
जोमसोम कोरताल नाका सडकका लागी सात कम्पनीले छुट्टा छुट्टै खण्डमा काम गरिरहेका छन् ।
यो सडक दुइ लेन को हुने छ भने दुइ वर्षमा काम सम्पन्न गरिने योजना रहेको छ । तर योजना अनुसार काम नभएको जनगुनासो पनी आईरहेको छ । योजनाको करिब २० प्रतिसत काम सम्पन्न भैसकेको छ । सडकको ७५ प्रतिसत ट्रयाक पुरानै हुनेछ भने २५ प्रतिसत नया ट्रयाक खोलिसकिएको छ । सडकखण्डमा चार वोटा ठुला पुल रहेका छन् । सो पुलहरुको निर्माण भैरहेको छ ।

सडक बनेपछि चिनिया तथा भारती पर्यटक बढ्छन्र
जोमसोम कोरला सडक निर्माण भएपछी चिनिया पर्यटक सजिलै लुम्बिनी जान सक्नेछन भने भारतीय पर्यटक उत्तिकै छिटो तिब्बत को माउन्ट कैलाश पर्बत पुग्नका लागी नेपालको सबैभन्दा सहज सडक हुने छ ।
हिउद्को समएमा हिमपातले काम मा अप्ठ्यारो परेपनि तोकेको समएमा काम सम्पन्न गर्ने गरि निर्माणमा लागेको ठेकेदार कम्पनीका संचालक प्रेम तुलाचन ले बताए ।
तुलाचन कै नेत्त्रिवमा मुस्ताङमा पहिलो पटक चीनको कोराला नाका बाट दक्षिन तर्फा बाटो खोलि चीनबाट पहिलो पटक गाडी मुस्ताङ आएको थियो ।
भारतले लगाएको नाका बन्दि र भूकम्पको क्षतिका कारण तातो पनि नाक बन्द हुदा कोरला नाकाले चर्चा परिचर्चा पाएको हाृ । उत्तरको प्रमुख नाकाको रुपमा तत्कालिन केपी ओली सरकारले विकल्पको रुपमा यो नाका खिलने र सडक ब्यबस्थित गर्ने उदघोस गरेको थियो र ओली सरकारले नै जोमसोम कोराला सडक लाइ बिस्तार गर्न तिन अर्ब ६० करोड बजेट बिनियोजन गरेको थियो यो सडक ब्यबस्थित भएर कोराला नाक खुल्ने हो भने मुस्ताङ को मात्र हैन पस्चिमान्चल क्षेत्रकै बिकासमा कोसे ढुङ्गो साबित हुने बिस्वास छ ।














