न्यतभूलु अजिमा, श्वेतकाली गणको १२ वर्षे तान्त्रिक देवी नाच सम्पन्न

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रपछि पहिलोपटक न्यतभूलु अजिमा, श्वेतकाली गणको १२ वर्षे तान्त्रिक देवी नाच अवलोकन गर्नुभएको छ । चन्डेश्वरी देवी र श्वेतकालीले तन्त्र साधना गरी चन्डासुर दैत्यको बध गरी नृत्य सम्पन्न गरिएको थियो । शनिबार हनुमानढोका दरबारको नासलचोकमा ३८ वर्षपछि भएको देवी नाच राष्ट्रपति भण्डारीले अवलोकन गरी श्वेतकाली गणको दर्शन समेत गर्नुभएको थियो ।


काठमाडौंको नरदेवीस्थित न्यतभूलु अजिमाको १२ वर्षे तान्त्रिक देवी नाच २०६६ सालदेखि सुरु भएको र नाच विभिन्न ठाउँमा नचाइसकेपछि शनिबार धार्मिक परम्पराअनुसार सम्पन्न गर्न नासलचोकमा देवी नाच देखाइएको हो । नाच अवलोकनपछि राष्ट्रपति भण्डारीले सास्कृतिक पहिचानका लागी हुने सास्कृतिक नाचको निरन्तरताका लागी सम्बन्धीत निकायमा कुरा राख्ने बतायनुभयो ।गत बुधबार अजिमाको मूलघरमा सिद्धि पूजा गरी गणहरुलाई नगर परिक्रमा गराइ इन्द्रचोकमा देवी नाच प्रस्तुत गरिएको थियो ।


Facebook Comment


No ads found for this position