अब लण्डनबाट न्युयोर्क पुग्नमा केवल २९ मिनेट मात्रै

अब लण्डनबाट न्युयोर्क पुग्नमा केवल २९ मिनेट मात्रै लाग्नेछ ।रकेट तथा कार उद्यमी एलन मस्कको दाबी हो यो ।

अष्ट्रेलियाको एडिलेडमा आयोजित इन्टरनेसनल एस्ट्रोनोमिकल कंग्रेसमा उनले यस्तो बताएका हुन् ।

मस्कले त्यहाँ उपस्थित दर्शकहरुसमक्ष आफ्नो एउटा महत्वपूर्ण योजनाको खुलासा पनि गरे । सन् २०२४ सम्ममा मंगल ग्रहमा मानिसहरुलाई पठाउने आफ्नो लक्ष्य रहेको उनले बताए । उनको कम्पनी स्पेस एक्सले अर्को वर्षदेखि यसमा काम सुरु गर्नेछ ।स्पेस एक्सले एक ग्रहबाट अर्को ग्रहसम्म यात्रा गराउन सक्षम विमानको निर्माण गर्नेछ जसको नाम बिएफआर हो ।

मस्कले मंगल ग्रहसँग सम्बन्धित आफ्नो महत्वाकांक्षी योजनाका बारेमा पहिलोपटक अघिल्लो वर्षको एस्ट्रोनोमिकल कंग्रेसमा खुलासा गरेका थिए । यो पटक उनी विस्तृत योजनाका साथ पुगेका थिए ।

गत वर्षको तुलनामा बिएफआरको आकार घटाइएको छ । बिएफआर १०६ मिटर लामो र ९ मिटर चौडा हुनेछ ।

उसनको कम्पनीले स्याटेलाइट प्रक्षेपण गर्नेछ र अन्तरीक्ष स्टेसनको सेवा पनि प्रदान गर्नेछ । यसका साथै मंगल ग्रह र चन्द्रमासम्म पूराउनेछ । पृथ्वीमा पनि एक ठाउँबाट अर्को ठाउँको हवाइ यात्रा पनि गराउनेछ । स्पेस एक्सका फाल्कन नाइन र ड्रागन विमान यसअघि देखि नै अन्तरीक्षमा प्रयोग भैरहेको छ ।

मस्कले भनेका छन्ः अहिले मानिसहरुले जुन हवाई दूरीलाई लामो यात्रा ठानेका छन् त्यो आधा घण्टा भन्दापनि कममा पूरा हुनेछ ।

को हुन् एलन मस्क ?

· मस्क स्पेस एक्सका सिइओ तथा चिफ डिजाइनर हुन् । उनी टेस्ला इलेक्ट्रिक कारक कार कम्पनीका संस्थापक तथा सोलरसिटीका अध्यक्ष पनि हुन् । सोलरसिटी नविकरणीय उर्जा तथा हाइ स्टोरेज ब्याट्री बनाउने विशेषज्ञ कम्पनी हो ।

· दूरदर्शी सोँचका धनी मस्कका प्रसंकको संख्या ठूलो छ । यद्यपि उनका केही योजना पूरा हुन धेरै लामो समय लागेको छ । तर उनको नाउँमा कैयन् उपलब्धीहरु रहेका छन् । जसमध्ये अन्तरीक्ष मिस समाप्त गरी पृथ्वीमा फर्किसकेको १६ वटा अर्बिटल क्लास रकेट हुन् । त्यसमध्ये २ रकेटले त दुईपटक उडान भरेका थिए ।

· उनी वस्तुको पुनःप्रयोग गर्नुपर्ने सोँच राख्दछन् । अन्तरीक्ष यात्रामा पनि हवाई जहाज जस्तै पटक पटक उडान भर्नसक्ने रकेट बनाउन सकिएमा अन्तरीक्ष यात्रा निकै सस्तो हुने उनको तर्क छ ।

· उनले फाल्कन नाइन यानलाई आंशिक रुपमा पुनप्रयोग गर्नसकिने रुपमा निर्माण गरेका छन् । विएफआर चाहीँ पूर्णरुपमा पुनःप्रयोग गर्नसकिने खालको हुनेछ ।

· मस्कले मानव रहित विएफआरको कार्गो यानलाई सन् २०२२ सम्म मंगल ग्रहमा पठाउने योजना बनाएका छन् ।

 


Facebook Comment


No ads found for this position