लाङटाङमा पर्यटकको भीड


टानले रु एक करोड २७ लाख बराबरको सो परियोजना गत भदौ (सेप्टेम्बर २०१७) मा सम्पन्न गरेको हो ।विसं २०७२ वैशाख १२ (७ दशमलव ६ रिक्टर) को गोरखा भूकम्पबाट देशको तेस्रो प्रमुख पदमार्ग लाङटाङ सबैभन्दा बढी क्षतिग्रस्त भएको थियो । मुख्य पदमार्ग पुनःनिर्माणसँगै पदयात्रा पर्यटन प्रवद्र्धनका साथै नेपालको पर्यटन सुरक्षित रहेको सन्देश विश्वमा पुर्याउन सफल भएको टानले जनाएको छ ।
‘रिस्टोरेशन अफ ट्रेकिङ एण्ड ट्रान्सपोर्टेसन ट्रेल इन लाङटानङ भ्याल्ली’ नाम दिइएको उक्त परियोजनाका लागि जर्मन अल्पाइन क्लब (डिएभी)ले एक लाख युरो सहयोग गरेको थियो । त्यसमाथि दश प्रतिशत टानले आफ्नो आन्तरिक श्रोत तथा स्थानीय श्रमदानबाट सहयोग गरेको हो ।

पदमार्ग मर्मतसँगै लाङटाङ क्षेत्रका होटलमा अहिले पर्यटकको चाप बढेको छ । अघिल्लो वर्ष आठ हजारभन्दा बढी पर्यटक पुगेको लाङटाङमा यो वर्ष बढी पर्यटक पुग्ने अनुमान गरिएको व्यवसायी गुरुङले बताए।उनका अनुसार पाँच भागमा विभाजन गरी प्रत्येक भागमा छुट्टाछुट्टै उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण र मर्मत कार्य सम्पन्न गरिएको थियो । परियोजनाअन्तर्गत छुनाम र घोडा तबेला बीचको भागमा डाइभर्सन गरी पदमार्ग तयार गर्न समुद्री सतहदेखि दुई हजार ८५४ मिटरको उचाइमा रहेको छुनाममा ३२ मिटर लामो ट्रेल ल ट्रस ब्रिज निर्माण गरिएको छ । उक्त पुलको निर्माण कार्य सम्पन्न भएपछि यही असोज १८ गते डिएभीका उपाध्यक्ष जुर्गेन इप्पल र टान महासचिव कर्ण लामाले उद्घाटन गरेका थिए।

त्यस्तै लाङटाङ उपत्यकाको घोडा तबेलादेखि क्यान्जिङ गुम्बासम्म बिगे्रभत्किएका पदमार्ग मर्मत गर्ने र हिम पहिरोबाट छोपिएको लाङटाङ गाउँ नजिकको पहिरो सफा गरी पदमार्ग खोलियो । अनि पहिरो र वाम्बुबीचको भागमा पहिरोहरुमा बाटो खोल्ने चौडा गर्ने र सिडी निर्माणको काम पनि गरिएको छ ।
टानका अध्यक्ष चन्द्र रिजालले परियोजनाको माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुगेको बताउँदै सरकारले पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए। महासचिव कर्णबहादुर लामाले यसको निर्माणले नेपाल सुरक्षित रहेको सन्देश फैलाउन तथा आन्तरिक र विदेशी पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।