मुस्ताङमा आन्तरीक पर्यटकको घुँइचो

हिमाली जिल्ला मुस्ताङमा दसै बिदासँगै आन्तरिक पर्यटकको घुइँचो लागेको छ । दसैँ बिदा मनाउन आएका पर्यटकले मुस्ताङका होटल भरिएका छन् ।दसैँ बिदादेखिनै आन्तरिक पर्यटकको चहलपहल बढेको जोमसोमका होटल ब्यवसायी  निशान तुलाचनले जानकारी दिनुभयो ।

माटोको सहरका रुपमा परिचित लोमन्थाङ, तिब्बती कला संस्कृति, मुक्तिनाथ, कागबेनी, दामोरकुण्ड, ठिनी गाउँ, हिउँ चितुवा गुफा र फरक भू–बनोटका कारण दसैँ र तिहारको बिदा मनाउन यो मौसममा हजारौँ आन्तरिक पर्यटक मुस्ताङ आउने गर्छन् र मुस्ताङमा होटल बढ्ने क्रम पनि जारी छ।

बेनी–जोमसोम सडक भएर दैनिक एक सय मोटरसाइकल मुस्ताङ भित्रिएका छन् ।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले मुस्ताङ भित्रिने आन्तरिक पर्यटकको तथ्याङ्क सङ्कलन नगरे पनि यो मौसममा बाह्य पर्यटकभन्दा दोब्बर आउने गरेको जोमसोम एक्याप कर्मचारी धनु गुरुङले बताए।

यसपालिबाट मुस्ताङको ठिनीमा थकाली होमस्टे सञ्चालन भएकाले पनि आन्तरिक पर्यटकलाई फरक स्वाद चखाउने र मुस्ताङमा धेरै आन्तरिक पर्यटन भित्राउने थकाली सामुदायिक होमस्टेकि सन्चालिका जुमा थकालीले बताइन्।

खासगरी पछिल्लो चार वर्षयता नेपालीमा बिदा, चाडपर्व र विशेष अवसरमा घुम्ने संस्कृति विकास भएकाले जिल्लाको पर्यटन क्षेत्र आन्तरिक पर्यटककै भरमा सञ्चालन हुँदै आएका छन् ।

दसैँ सुरू हुनुअगावै मुस्ताङका ५० प्रतिशत होटल अग्रिम बुकिङ हुने गर्छन्। तिहारसम्म पर्यटकको चहलपहल यस्तै हुने व्यवसायीले बताए । लेतेदेखि माथि लो–मान्थाङसम्म करिब १५० होटल सञ्चालनमा छन् । अहिले सबै भरिभराउ छ । यो याममा विद्यार्थी, अभिभावक, विभिन्न सङ्घसंस्थामा कार्यरत कर्मचारी मुस्ताङ भ्रमणमा आउने गरेका छन् ।


Facebook Comment


No ads found for this position