मादी र सेती नदीमा जलविहार गर्न पर्यटकको आकर्षण बढ्दो

 

दमौली, तनहुँ, ७ कात्तिक (रासस) ः मादी र सेती नदीमा जलविहार गर्ने पर्यटकको आकर्षण बढ्दै जान थालेको छ । पर्यटकीय याम शुरु भएसँगै यस नदीमा जलविहार गर्न पर्यटकको आकर्षण बढ्न थालेको हो ।

दैनिक १५÷२० वटा डुंगामा पर्यटक गाईघाटसम्म जाने गरेका छन् । मादी नदीको पुलमुनिबाट गाईघाटसम्मको ३२ किमी दूरीमा पर्यटकले जलविहार गर्दै आएका छन् । अमेरिका, जापान, हल्याण्ड, फिनल्याण्ड, भारत, कोरिया, चीन, बेलायत, डेनमार्क, फ्रान्स, जर्मनलगायत देशबाट पर्यटक जलविहारका लागि आउने गरेको ¥यापिड रनरका पथप्रर्दशक विवेक गुरुङले बताउनुभयो ।

असोजदेखि फागुनसम्म मादी र सेती नदीमा जल विहार गर्नेको घुइँचो लाग्ने गरेको जानकारी उहाँले दिनुभयो । याम शुरु भएसँगै मादी र सेती नदीमा जलविहार गर्नेको भीड बढेको बरिष्ठ पथ प्रर्दशक सुरज भुजेलले बताउनुभयो । कायक्लिङका लागि उक्त नदी नेपालमै सबैभन्दा उत्तम मानिएको अर्का पथ प्रर्दशक सिमन गुरुङले बताउनुभयो ।

जाडोमा तातो र गर्मीमा चिसो हुने पानीको विशेषताका साथै दायाँवायाँ हरियाली, डाँडाकाँडा चराचुरुङ्गीको चिरविरले पर्यटकलाई फेरी पनि जलविहार गर्न मन लाग्ने बनाउँछ । यहाँको जलविहार दुई दिन एक रातको हुने गर्छ । गाईघाट पुगेपछि पर्यटक चितवनको सौराहा र काठमाडौँतर्फ लाग्ने गर्दछन् ।


Facebook Comment


No ads found for this position