१५ मिनेटमै विश्व चर्चितअन्नपूर्ण आधार शिबिर

विश्वको सबैभन्दा चर्चित पैदल मार्ग अर्थात् अन्नपुर्ण पैदल मार्ग, पोखरा बाट ६ दिनको रोमान्चकारी पैदल यात्रा पछि पुगिने अन्नपुर्ण आधार शिबिर अब भने मात्र १५ मिनेट मा सजिलै पुग्न सकिने छ । समय र स्वास्थ्यका कारण पैदल यात्रा गर्न नसक्नेहरुका लागि यो जत्तिको खुसीको खबर के होला ।

शिबिर, समुन्द्री सतह बाट ४१३० मिटर उचाइमा रहेको अन्नपुर्ण पहिलो हिमालको आधार शिबिर, हेर्दा लाग्छ हिउँ नै हिउँ को एउटा
उपत्यका । विश्व को चर्चित पैदल मार्ग अन्नपुर्ण पैदल मार्ग भएर पुग्न सकिने आधार शिबिर सम्मको यात्रासांचिकै रोमान्चकारी छ । र त देशी बिदेशी पर्यटक यहाँ सम्म पुग्न पैसा र समय दुवै छुट्याएर अन्नपुर्ण आधारशिबिरको सुन्दरतामा रमाउन आइपुग्छन ।
कुनै समय थियो यहाँ सम्म पुग्न पैदल यात्रा गर्नुको विकल्प थिएनतर अब येदि तपाई स्वास्थ्य र समयका कारण अन्नपूर्ण आधार शिबिर पुग्न सक्नुभएको छैन भने अब ढुक्क हुनुहोस। अब न तपाइलाई पैदल यात्रा गर्नु पर्छ न त थुप्रै दिन नै छुट्याउनु पर्छ । पछिलो समय सिम्रिक एयर को
हेलिकप्टरले पोखरालाई आधार बनाएर आफ्नो सेवा दिई रहेको छ र उसको सेवा छोटो समयेमै अन्नपुर्ण आधारशिबिर पुग्न चाहने पर्यटकले सबै भन्दा बढी प्रयोग गरेका छन् । सिम्रिक एयरको पोखराको आधिकारिक एजेन्ट पोखरा हेली सर्बिसमार्फत र सिधै सिम्रिक एयर ब्यबस्थापन मार्फत अन्नपुर्ण आधार शिबिर मात्र १५ मिनेटमा
पुग्न सकिन्छ । यत्ति छोटो समयमा विश्वको ८ मिटर हजार भन्दा माथिको हिमालको काखमा पुग्न पाउन आफ्नो खुसि येसरी सुनाउदै थिय बिदेशी पर्यटक ।हो बृद बृदा र सारीरिक असक्तताका कारण आधार शिबिर पुग्न नसक्नेलाइ अहिले सबै भन्दा सजिलो भएको छ । येत्ति मात्र हैन कि सिम्रिक एयरले अन्नपुर्ण आधार शिबिर सम्म आफ्नो उडान गर्न थाले पछि यहाको पर्यटन ब्यबसाय र जनजीबनमा पनि धेरै सजिलो भएको छ । पैदल यात्राको क्रममा हाइ लगेर र अन्य कारणले बिरामी परेका हरुको उद्दारमा निक्कै सहज भएको र ७, ८ दिन लाग्ने दुवानी पनि १५,२० मिनेटमा झरेको भन्दै खुसि व्यक्त गर्छन अन्नपुर्ण आधार शिविरका पर्यटन ब्यबसाईहरु ।
पर्यटन ब्यबसायी जगनाथ गुरुङ भन्छन कुनै समय थियो तत्काल कुनै उद्दार गर्न पर्यो भने राजधानी बाटनै हेली कप्टर मगाउन पर्थ्यो तर अव त्यो अवस्था नरहेको बताए । उनले भने काठमाण्डौ बाट निक्कै महँगो पर्न जान्छ ।तर अहिले सिम्रिक एयर ले पोखरालाई नै आधार मानेर आफ्नो सेवा दिन थाले पछि समय र रकम धेरै कम लागेको उनले बताए । आगामी दिनमा देशकै सबैभन्दा ठुलो रारा ताल, मुख्तिनाथ, लगाएतका चर्चित पर्यटकीय स्थललाइ पनि केन्द्र बनाएर येस्तै सेवा बिस्तार गर्ने ल्क्ष्य रहेको सिम्रिक एयरका क्याप्टेन सिदार्थ गुरुङ बताए ।