नेपालको हिमाली क्षेत्र एक पटक घुमेर तृप्त हुन सकिन्न : फ्रेन्च राजदूत

चन्द्रशेखर अधिकारी काठमाडौँ — फ्रान्सेली राजदूत इभ कार्मोनाले आफ्ना नागरिकलाई ‘सुन्दर मुलुक’ नेपाल भ्रमण गर्न आग्रह गरेका छन् । उनले नेपालको सुन्दरताको प्रशंसा गर्दै नेपाल भ्रमण गर्न आग्रह गरेका हुन् । उनले आफ्ना नागरिकलाई मात्र नभएर नेपालको हिमाली क्षेत्रको भ्रमण गरेर कोही पनि नथाक्ने उल्लेख गरेका छन् ।

 उनले फागुन २३ देखि चैत ३ सम्म सोलुखुम्बु क्षेत्रको पदयात्रासमेत गरेर फिरेका राजदूतले आफ्नो अनुभव बाँड्दै नेपालको भ्रमण गर्न सुझाएका हुन् । उनले यस्ता क्षेत्रहरुको भ्रमण एक पटक गरेर पुग्दैन भन्दै भनेका छन, ‘फेरि यात्रा गर्नुहोस् ।’
नेपाल पर्यटन बोर्डकै नारालाई उनले जोड दिंदै यस्तो धारणा राखेका हुन् । नेपालको हिमाली भेग एक पटक घुमेर कुनै पनि मानिस तृत्प हुन सक्दैन भन्दै उनले फ्रान्सेली राजदूतावासको वेव पोर्टलमा लेखेका छन, ‘नेपालमा यति सुन्दर स्थानहरु छन् जसको भ्रमण एक पटक गरेर पुग्दैन ।’
नेपालप्रति निकै सद्भाव राख्ने र पदयात्रामा जान रुचाउने राजदूत कार्मोनाले आफ्नो मुलुकबाट आउने ब्यापारिक समुदाय वा अन्य जो कोहीलाई पनि हिमाली क्षेत्रको भ्रमण नछुटानउन आग्रह गर्ने गरेका छन् ।
कुनै पनि क्षेत्रमा जाँदा सुरक्षा मापदण्ड आफैले पनि अपनाउनुपर्छ । उनले हिमाल चढ्न कोही जाँदै छ भने उसले चप्पल लगाएर जाने कुरा आउदैन भन्ने भावमा भनेका छन, ‘कुन स्थनमा जाँदैछु, त्यो अनुरुपको तयारी आफैले गर्ने हो । जोखिम सबै क्षेत्रमा हुन्छ ।’
उनले सोलुखुम्बु क्षेत्रको केही तस्विरसहित यस्तो धारणा आफ्नो दूतावासको वेव पोर्टलमा ब्यक्त गरेका हुन् । भुकम्प पछि पुन: निर्माण गरिएको उक्त क्षेत्रमा उनले घुमेर यस्तो अनुभव लेखेका हुन् । तीन बर्ष अघिको भुकम्पले नेपालको पर्यटकीय क्षेत्र निकै असहजमा परेको थियो । अव यो क्षेत्रले विस्तारै आफ्नो आकार लिन लागेको अवस्थामा राजदूत कार्मोनाले यस्तो सकारात्मक सन्देश दिएका हुन् । आफ्ना नागरिकको सुरक्षाको नाममा यो क्षेत्र घुम्न जा यो क्षेत्र नजा भन्ने कुटनीतिक नियोगलाई कूटनीतिक समुदायबाट नै आएको उत्तरको रुपमा समेत यसलाई हेरिएको छ ।
उनले आफूले सोलुखुम्बुको यात्रा गर्दा त्यहाँका जनताबाट पाएको न्यानो माया र सद्भावको पनि प्रशंसा गरेका छन् । ‘मेरो यात्रामा स्थानीय नेपालीले देखाएको माया, सहयोग र सद्भाव निकै स्मरणीय छ, एक पटक घुमेर पुग्दैन फेरि जानेछु,’ उनले भनेका छन् ।
उनले आफ्नो यात्रालाई विशिष्ठ यात्राको रुपमासमेत प्रस्तुत गर्दै यात्राले दिएको आनन्दको प्रशंसा शब्दमा ब्यक्त गर्न नसकिनेसमेत उल्लेख गरेका छन् । भुकम्प पछि पुनर्ताजकी पाएको यस क्षेत्रमा अहिले बाक्लै पर्यटक देखिन थालेको अवस्थामा उनी पनि पुगेका हुन् । उनको यो यात्राको अनुभवमा तीन बर्षदेखि पर्यटकमा आएको कमीलाई अव छिट्टै पुर्णता गराउन सक्ने धारणा उनको छ । उनले त्यस क्षेत्रमा भइरहेको पुन: निर्माणका कार्यलाई पनि नियाले । फ्रान्स नेपालको मित्र मुलुक हो । फ्रान्सेलीहरु नेपालको अन्नपूर्ण सर्कल खुबै घुम्ने गर्छन् । भुकम्पपछि विभिन्न सूचनाको कारणले पर्यटकमा कमी आएको थियो । विस्तारै यसमा पिकअप लिइरहेकोमा कूटनीतिक क्षेत्रको सकारात्मक धारणाले थप बल पुग्ने अधिकारीहरुले बताए ।सभाार कान्तिपुर


Facebook Comment


No ads found for this position