२१ पटक सगरमाथाको आरोहण गरेको कामी रीता कीर्तिमान राख्न हिमालतर्फ

निकै चुनौतीपूर्ण मानिने विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा आरोहण गर्न मानिसलाई ठूलो आँट चाहिन्छ। तर ४८ वर्षीय नेपाली आरोही कामी रीता शेर्पालाई कुनै डर लाग्दैन।

उनी सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गर्ने कीर्तिमान राख्न आइतवार विश्वको सबैभन्दा अग्लो हिमालतर्फ लाग्दैछन्।

अहिले २१ पटक सगरमाथाको सफल आरोहण गरेको कीर्तिमान कामी रीता र अन्य दुई नेपाली आरोहीले संयुक्त रूपमा राखेका छन्।

कीर्तिमान

तर ती दुवै नेपाली आरोहीले अवकाश लिइसकेका छन्, जसको अर्थ अबको सफल आरोहणले उनलाई विश्वका सबैभन्दा बढी अनुभवी आरोहीको हैसियत दिलाउनेछ।

यसै हप्ताको शुरूमा उनले इएफइ समाचार संस्थासँग कुरा गर्दै भने, “मैले हाम्रो सम्पूर्ण शेर्पा समुदाय र मेरो देशले नै गर्व गर्न सक्ने गरी इतिहास बनाउनका लागि यसपटक सगरमाथाको आरोहणको प्रयास गरिरहेको छु।”

उनी अमेरिकामा मुख्यालय रहेको एउटा पर्वतारोहण दलसँग सम्बन्धित कम्पनीमा पथप्रदर्शकका रूपमा कार्यरत छन्।

उनले सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए र सबैभन्दा पछिल्लो पटक मे महिनामा सगरमाथाको चुचुरोमा पुगेका थिए।

विदेशी पर्वतारोहीहरू हिमाल आरोहणका लागि कामी रीता जस्ता शेर्पा पथप्रदर्शकको सहयोगमा निर्भर हुन्छन्।

उनीहरूलाई आरोहण मार्ग निर्धारण गर्न, डोरीहरू बाँध्न र आवश्यक पर्वतारोहणसम्बन्धी सामानहरू लैजान शुल्क तिर्ने गरिन्छ।

लक्ष्य

यसपटक कामी रीताको टोलीमा अमेरिकी र जापानी पर्वतारोहीसहित २९ जना छन्।

उक्त आरोहण दलले आइतवार सगरमाथा आधार शिविर जाने र अबको दुई हप्तापछि आरोहण शुरू गर्ने बताएको छ।

मौसमको अवस्थाले उनीहरू कहिल्यै सगरमाथाको चुचुरोमा पुग्छन् भन्ने निर्धारण गर्नेछ।

कामी रिताले मे २९ मा सगरमाथाको चुचुरोमा पुग्ने लक्ष्य लिएका छन्।

तर आफ्ना नाममा नयाँ कीर्तिमान कायम भए पनि आरोहणलाई निरन्तरता दिने उनले बताएका छन्।

“यो वर्ष कीर्तिमान राख्न सफल भए पनि म सगरमाथा चढिरहनेछु,” उनले इएफइसँग भने, ” म २५ पटक सगरमाथाको आरोहण गरेर इतिहास बनाउन चाहन्छु।साभार बिबिसी


Facebook Comment


No ads found for this position