पर्यटकीय डुँडेलेक पूर्वाधारको पर्खाइमा

 

बेनी, म्याग्दी, वैशाख स् मालिका गाउँपालिकाको रुम र छिमेकी बागलुङको ताराखोलाको सिमानामा अवस्थित डुँडेलेक प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

जिल्लाकै अति विकटमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण लेकमा रहेको चुचुरोको प्रचुर पर्यटकीय सम्भावना भएपनि आवश्यक पूर्वाधार र प्रचारप्रचारको अभावमा ओझेलमा परेको हो ।

गाउँपालिकाको वडा नम्बर—२ रुमको बेलीगाउँबाट करीब पाँच घण्टाको दूरीमा रहेको डुँडेलेकबाट विभिन्न हिमश्रंखला, मालिका गाउँपालिकाको अधिकांश भूभागका साथै मंगला गाउँपालिका र बागलुङ जिल्लाका विभिन्न बस्तीसमेत देखिन्छन् ।

बहुमूल्य जडीबुटी, भिरमौरी, लालीगुँराससहितका वनस्पतीसमेत प्रशस्तै पाइने रुम बेलीका तुलप्रसाद पुनले बताउनुभयो । जडीबुटी र पर्यटनका लागि अत्यन्त महत्वपूर्ण स्थान भएपनि सरकारी निकायबाट सहयोग नभएको गुनासो गरिएपछि मालिका गाउँपालिकाले स्थलगत अनुगमनसहित प्रचारप्रसारको तयारीसमेत गरेको छ ।

लेकलाई धार्मिक, पर्यटकीय तथा मह शिकारको गन्तव्य बनाएर आन्तरिक पर्यटकलाई भित्र्याउन सकिने भएकाले गाउँपालिकाले पूर्वाधार विस्तारमा समेत बजेट विनियोजनको तयारी गरेको अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । उहाँले पदमार्गका लागि करीब रु तीन लाख बजेटसमेत विनियोजन गरिएको जानकारी दिनुभयो । “त्यस ठाउँ जडीबुटी र पर्यटनको प्रचुर सम्भावना रहेको क्षेत्र हो । वैशाख महिनाभित्र पदमार्ग त्यहाँ पुग्ने योजना छ”, रोकाले भन्नुभयो ।

गाउँपालिकाभित्रका हरेक वडामा रहेका सम्भावनालाई प्राथमिकता दिएको अध्यक्ष रोकाको भनाइ छ । विकट लेकमा मृग, रतुवा सहितका वन्यजन्तुसमेत देखिन्छन् । लेकमा हरेक वर्ष जेठको २० गते विशेष पूजाआजासहित मेलासमेत लाग्ने गर्दछ । लेकमा रहेको शिव मन्दिरमा पूजा गर्न रुम, ओखरबोटसहित बागलुङबाट मनोकामना पूरा हुने जनविश्वासका साथ मानिस आउने गर्दछन् ।


Facebook Comment


No ads found for this position