नयाँ पदमार्ग करबाकेली,बालकदेखि बृद्धसम्मले भ्रमण गर्न सक्ने

करकाकेली पर्यटन विकास समिति अगुवाईमा र कन्सेप्ट नेपालको पहलमा म्याग्दीमा नयाँ पदमार्ग करबाकेली इको ट्रेक एक्सप्लोर भएको छ । पदमार्ग एक्सपोल गर्न आयोजना गरीएको कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक काशीराज भण्डारीले भने अहिले आन्तरीक पर्यटकको पनी पदमार्गमा यात्रा गर्नेको सख्या दिन प्रतिदिन बढ्दै गएको बताए । उनले भने यस्ता नयाँ पदमार्गले स्वदेशी विदेशी दुबैलाई निकै आकर्षीत हुने बताए ।
कास्कीको वीरेठाँटी, तिखेढुँगा, उल्लेरी हुँदै म्याग्दीको घोडेपानीबाट पुनहिल, फूलबारी हुँदै करबाकेली थान भएर बेनी बजार निस्कने पदमार्गलाई करबाकेली इको ट्रेक नमा दिईएको करकाबेली पर्यटन विकास समितिक अध्यक्ष याम बहादुर पुनले बताए । उनले भने स्थानीयलाई पर्यटनमा सहभागी गराएर मुलुकभित्रै रोजगारीको वातावरण सृजना गर्ने उद्धेश्यले करबाकेली पदमार्ग अबधारणा अघि बढाएका हौं ।


कन्सेप्ट नेपालका अध्यक्ष पवन शाक्यले भने पदमार्गको सबैभन्दा उचाई पुनहिल (३,२१० मिटर) हो । धेरै उचाई नभएकाले सबै उमेरका बालकदेखि बृद्धसम्म करबाकेली पदमार्ग भ्रमण गर्न सक्छन् । सजिलो, राम्रो र सस्तो भएकाले यस क्षेत्रमा पर्यटकको आकर्षण बढ्नेमा हामी आशावादी छौं ।
दिनको २ हजार रुपैयाँ भएमा बिहान, बेलुका र साँझको खानाका साथै बास बस्नलाई पुग्छ । करबाकेली पदमार्ग भ्रमण गर्न काठमाडौंबाट एक साता समय छुट्टयाए पर्याप्त हुने पदमार्ग एक्सपोलरका सहभागी टिमका सदस्य सुरेन्द्र रानाले बताए ।
वैशाख पहिलो साता काठमाडौंको कन्सेप्ट नेपाल नामक संस्थाको विज्ञ टोली झिकाएर करबाकेली बाबा संरक्षण समिति काफल डाँडाको अगुवाईमा पदमार्ग एक्सप्लोर गरिएको हो ।


Facebook Comment


No ads found for this position