यी हुन् स्वर्गको महसुसगर्न सकिने ठाँउहरू (फोटो फिचर)

एजेन्सी । संसारमा सुन्दर ठाँउहरुको कुनै कमि छैन साथै प्रत्येक ठाँउका आ,आफ्नै विशेषता रहेका हुन्छन् ।

यस्तै सुन्दर ठाँउ चीनको तियाजी माउन्टेन रहेको छ । जहाँ पुगे पछि तपाई स्वर्गको महसुस गर्न सक्नुहुनेछ ।

तियाजी माउन्टेनको अर्थ स्वर्गको बच्चा भन्ने लाग्छ । माउन्टेनको तस्वीर कयौ पटक सोशल मीडियामा भाइरल भएका छन् ।

तर तस्वीरको सत्यतालाई लिएर सधै प्रश्न गरेको पाइन्छ । तस्वीर हेर्नेले यसलाई फोटोशपको प्रयोग गरेको आरोप लगाउने गरेका छन् ।

यहाँ मार्बलका धेरै अग्ला पहाडहरु रहेका छन् ,यी मध्येको अग्लो पहाड चोटी समुद्रबाट करीब १२६२ मीटर उचाईमा रहेको छ ।

यहाँ आउनेले उति अनौठा चिज देख्न पाइन्छ कि जुन हलिउडमा मात्र देख्न सकिन्छ । यहाँको मौसम पनि प्राय परिवर्तन भै रहने गर्दछ ।


Facebook Comment


No ads found for this position