यस्ताे थियाे १९६२ तिरकाे पोखरा (फोटो फिचर)

‘अब पहिलेको जस्तो पोखरा रहेन। यो धेरै विग्रिसक्यो।’ वि.स. १९६२ सालमा पिस कर्प भोलन्टियर बनेर पहिलो पटक नेपाल आएका डगलस हल शनिबार पोखराका पुराना तस्विरमा आँखा अड्याउँदै भावुक बने। ‘पुरानो पोखरा’का फोटा संकलन पनि गर्दै आएका डगलससँग साथमा उनकी श्रीमत केट हल पनि थिइन्। उनी पनि पहिलो पटक डगलससँगै स्वयंसेवकका रुपमा नेपाल आएका थिइन्। भनिन्, ‘पोखराको असाध्य माया लाग्छ। यहाँको प्राकृतिक सौन्दर्य संसारमै अनुपम् छ। यो सँगै यहाँको संस्कृति बचानउनु पोखरेलीको कर्तव्य हो।’

पहिले पाटीरपौवा, धारा–कुवा चौतारी र कुलोकुलेसा धेरै थिए। धान रोप्दा होस् या धान भित्र्याउँदा रमाइलो हुन्थ्यो। चाड पर्व र मेलाको महत्व अलग थियो। पोखरा सफा र सुन्दर थियो। ‘अहिले धेरै बदलियो, बचाउनू पर्ने कुरा पनि मासियो’ हल दम्पतीको चिन्ता थियो। तर केही रुढीवादी र कुरितीहरु विलाएको भने उनीहरु खुशी देखिए। ‘विजुली र खानेपानीको सुविधाले महिलाका दुख्ख हरन भएकोमा भने हामी खुशी छौं’ डगलसले भने ‘ यो सबै हामीले पोखराको माया लागेर भनेका हौं।’



Facebook Comment


No ads found for this position