जाने हाेर्इन त रुवीभ्याली (फोटो फिचर)

हरिहरसिंह राठौर
धादिङ–पुर्वमा पर्यटनको लागी नाम कमाएको रसुवाको लामटाङ र पश्चिममा त्यस्तै लोकप्रिय गोरखाको मनास्लु पदमार्ग , तर वीचको रमणीय पर्यटकीय संभावना वोकेको धादिङको रुवीभ्याली’ ओझेलमा । जे जे कुराले लामटाङ र मनास्लुले प्रशिद्धि कमाएका छन् ति सवै रुवी भ्यालीमा उपलव्ध छन् । रेडपाण्डा लगायतका लोपोन्मुख वन्यजन्तु, हिमाल, ताल तलैया, वास वस्न योग्य होमस्टे सहितका मनोरम वस्ती, खोलानाला, नदी, सवैभन्दा सानो गुरांस सुनपाते सहित १४ थरिका लालीगुरासका जंगल , जैविक विविधता लगायत पर्यटक आकर्षण गर्ने सवै प्राकृतिक दृश्य हुंदा हुदैं किन परयो त ओझेलमा रुवीभ्याली ?
रुवीभ्याली काठमाण्डौं वाट सवै भन्दा नजिकको हिमाल प्याल्दोर आधार शिविर हो । सडक मार्ग त्रिशुली वाट रसुवा को स्याफ्रुवेंसी हुदैं १ सय ५ किमी सोमदाङ सम्म सुरक्षित सडक यात्रा गरेर फर्किने पर्यटकीय गन्तव्य पनि हो । रसुवा, धादिङ र गोरखाको उत्तरी भेकमा पर्ने हाल सम्मकै नौलो पदमार्ग रुवीभ्याली हो । यो पदमार्गलाई गणेश हिमाल पर्यटन विकास समितीको सहकार्यमा ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान)ले सन २०१२ देखि २०१४ सम्म सर्वेक्षण तथा प्रवद्र्धन गरि गन्तव्यको पहिचान गरेको हो ।
काठमाण्डौं वाट नजिकै रहेर प्राकृतिक, सांस्कृतिक र दुर्लभ वहुमुल्य रत्न पत्थर रुवी पनि एउटै क्षेत्रमा पाईने हुनले यस्लाई रुवीभ्याली’ नामाकरण गरिएको गणेशहिमाल पर्यटन विकास समितीका निवर्तमान अध्यक्ष एवं पर्यटन व्यवसायी कुलवहादुर गुरुङ वताउछन् । यसै रुवीभ्याली नाममा लापा, सेर्तुङ र तिप्लिङ ३ गाविसलाई समाहत गरि रुवीभ्याली गाँउपालिका समेत नामाकरण भैसकेकोछ । यस गन्तव्नयमा फरक ८ वटा गन्तव्य रहेका छन् ।

उक्त गन्तव्यलाई माथिल्लो, मध्यभाग र तल्लो भागमा विभाजन गरिएकोछ । छोटोमा ५ दिन देखि लामोमा २१ दिन सम्म पर्यटन गर्न सकिने यो भ्यालीमा पर्वतीय पर्यटन, सांस्कृतिक पर्यटन, धार्मिक पर्यटन, पर्या पर्यटन, समेत गरि यो भ्यालीको महत्व निकैछ ’ टानका पुर्व अध्यक्ष एवं पर्यटन व्यवसायी रमेश धमला वताउंछन् ।
रुवीभ्यालीलाई पर्या पर्यटन संग जोडन् विस्वकै लोपोन्मुख रेडपाण्डा हाव्रेको वासस्थानहरु पत्ता लगाई सकिएको र अन्य लोपोन्मुख वन्यजन्तु र जैविक विविधता संरक्षणमा चासो राखेर विभिन्न कार्यक्रम संचालन भैरहेको जैविक विविधता संरक्षणमा कार्यरत स्थानीय संस्था उच्चपहाडी क्षेत्र संरक्षण अभियानका अध्यक्ष डेभिड घलेले वताए । १० मिनेटमै काचो अण्डा पाक्ने तिप्लिङको तातोपानीका मुहान र सेर्तुङको तातोपानीका मुहान नेपालकै तातोपानीका ठुला कुण्डहरुमा पर्ने अध्यक्ष घलेको दावी छ । रुवीभ्यालीका अधिकांस वस्तीहरु तामाङ र गुरु ङहरुको वोहल्यता छ ।

५ सय वर्ष पुराना वौद्ध गुम्वाहरु , ३ सय वर्ष पुराना ऐतिहासिक मठमन्दिरहरु रहेको यो भ्यालीमा मेन्हदोमाया लोकसंस्कृति, झाँक्रीनाच, लामा नाच, घोडानाच, जस्ता परम्परागत नाचहरु पर्यटकहरुका लागी आकर्षणका केन्द्रविन्दु हुन सक्छन् । अझै रोचक त पदमार्ग वरपरका नारचेत, पासा वरपर रहेका दर्जनौं गोठहरुमा रहेका सयौं याक तथा चौंरी र चौंरीको प्रत्यक्ष अवलोकन चौंरी दुधवाट उत्पादित शुद्ध खाद्य पदार्थ खान पाउनु हो । याक र चौंरी संगै उक्त भेकमा परम्परागत भेडीगोठ हरु पनि अवलोकन गर्न पाईन्छ ।
मनास्लु वाट लामटाङ तर्फ जाने हुन वा लामटाङवाट मनास्लु तर्फ जाने पर्यटकहरु हुन प्रयोग गर्ने २ देखि ३ दिनको पदमार्ग धादिङकै रुवीभ्याली गाँउपालिकामा पर्ने विभिन्न वस्तीहरु हुन् । पर्यटकहरु धादिङका तिप्लिङ, सेर्तुङ र लापाका विभिन्न मनमोहक वस्तीहरु पार गरेरै मात्र गन्तव्यमा पुग्छन् ।
पर्यटकहरुको सुविधाको लागी जिल्ला विकास समितीले गणेश हिमाल पर्यटन विकास समिती, नेपाल पर्यटन वोर्ड, टान, पर्वतारोहण संघको सहयोगमा रसुवा र धादिङको सिमाना ३३ सय मिटरको उचाईको सोमदाङमा व्यवस्थित पर्यटक सूचना केन्द्र निर्माण हुदैं गरेको स्थानीय संस्था टोकनका अध्यक्ष घलेले वताए ।
प्याल्दोर वेसक्याम्प, र पासामा टानले यस अघिनै पोर्टर सेल्टर निर्माण गरि सकेको छ भने भुकम्प पछि भत्केका पदमार्गको मर्मत सूुधार गरि सकेकोछ । रुवीभ्यालीमा संचारको व्यवस्थाका लागी लापा र तिप्लिङमा नेपाल टेलिकमले मोवाईल टावर सुचारु गरि सकेकोछ ।
लामटाङ र मनास्लुको भुभागलाई पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गर्न सके पर्यटन क्षेत्रले थप उचाई लिने ’ गणेश हिमाल पर्यटन विकास समितीका अध्यक्ष तेजवहादुर गुरु ङले वताए ।


Facebook Comment


No ads found for this position