पर्यटकीय केन्द्र ठमेलमा खुल्यो ‘होटल नेपाली घर’

काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा ‘होटल नेपाली घर’ खुलेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीले एक कार्यक्रमका बीच होटलको उद्घाटन गरे।

करिब ४ बर्षको अवधि लगाएर ५ तल्ले स्तरीय होटल निर्माण सम्पन्न भएको हो। नेपाली कला र संस्कृतिको पहिचान झल्किने दृष्यहरु प्रशस्त रहेको होटलका प्रबन्ध निर्देशक राजु श्रेष्ठले जानकारी दिए।

होटलको बाहिरी बनावट परम्परागत नेपाली शैलीमा र भित्री बनावट प्यागोडा शैलीमा तयार गरिएको छ। स्थानीय शिल्पीहरुले विशुद्ध नेपाली शैलीमा आकर्षक सजावट दिएका छन्।

यहाँ आवश्यक पर्ने सरसमानमा ग्रामीण भेगबाट ल्याई स्वदेशी उत्पादनलाई नै प्रोत्साहन दिइने योजना रहेको श्रेष्ठले बताए। यहाँ आउने पाहुनालाई निःशुल्क पार्किङ, एयरपोर्ट ट्रान्सफर, विदेशी विनिमय, कोठाभित्रै खाना सर्भ, लौन्ड्री जस्ता सुविधा पनि दिइने श्रेष्ठले बताए।

द्रुतगतिमा चल्ने वाइफाई, फिटनेस सेन्टर, मिटिङ हलको सुविधा होटलमा उपलव्ध हुनेछ। त्यस्तै रुमहरुमा ४० इन्चका एलइडी टिभी, विद्युतीय सेफ, मिनी बार, पिउने पानीका बोतल, कफी–टी मेकर, कुकिज, एसीको सुविधा रहेको श्रेष्ठले बताए।

हाल होटलमा ३४ वटा रुम र दुईवटा सुइट रुम छन्। जसमा हेरिटेज डिलक्स रुम २३, हेरिटेज डिलक्स कर्नर ६, हेरिटेज ग्रान्ड डिलक्स ३ र मानगृह र कैलाशकुट सुइट १–१ वटा छन्। यी सबै कोठा परम्परागत नेपाली कलामा सजिएका छन्।


Facebook Comment


No ads found for this position