नेपाल घुम्न आउने पर्यटकको बसाइँ अवधि घट्याे

अघिल्लो वर्षको तुलनमा नेपाल घुम्न आउने पर्यटकको बसाइँ अवधि घटेको छ। बसाइँ अवधिमा खर्च भने बढ्दै गएको देखिन्छ। सन् २०१७ मा प्रति पर्यटक औसत १२.६ दिनको बसाइँ अवधि रहेको छ भने प्रतिदिन प्रति पर्यटक खर्च ५४ अमेरिकी डलर छ। सन् २०१६ मा प्रतिपर्यटक बसाइँ अवधि औसत १३.४ दिन र प्रतिदिन प्रतिपर्यटक खर्च ५३ अमेरिकी डलर थियो।

यसरी सन् २०१७ मा पर्यटक आगमनमा वृद्धि भए पनि पर्यटकको औसत बसाइँ अवधि घटेको छ। सन् २०१७ मा करिब १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आएका थिए।

पर्यटनबाट ५८ अर्ब आम्दानी

मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधारका रुपमा लिइने पर्यटन क्षेत्रबाट ५८ अर्ब भन्दा बढी विदेशी मुद्रा आर्जन भएको छ।

आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार पर्यटन क्षेत्रबाट ५८ अर्ब ५२ करोड ७० लाख बराबरको विदेशी मुद्रा आर्जन भएको पाइएको हो। यो कूल वस्तु निर्यातबाट प्राप्त विदेशी मुद्राको अनुपातमा ७१.३ प्रतिशत, कूल वस्तु निर्यात तथा सेवाबाट प्राप्त विदेशी मुद्रा आर्जनको अनुपातमा २४.३ प्रतिशत, आर्जित कूल विदेशी मुद्राको अनुपातमा ५.१ प्रतिशत र कूल गार्हस्थ उत्पादनको अनुपातमा २.३ प्रतिशत हो।

चालु आवको प्रथम आठ महिनामा पर्यटन क्षेत्रबाट ४३ अर्ब ४६ करोड ५० लाख बराबरको विदेशी मुद्रा आर्जन भएको छ। यो कूल वस्तु निर्यातबाट प्राप्त विदेशी मुद्राको अनुपातमा ७१.४ प्रतिशत, कूल वस्तु निर्यात एवं सेवाबाट प्राप्त विदेशी मुद्रा आर्जनको अनुपातमा २५.४ प्रतिशत र आर्जित कूल विदेशी मुद्राको अनुपातमा ५।७ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ।


Facebook Comment


No ads found for this position