रसुवागढी नाकाबाट मानसरोवर जाने धार्मिक पर्यटक बढ्दै

रसुवागढी नाकाबाट मानसरोवर जाने भारतीय नागरिकको संख्या बढ्दै गएको छ । गत वैशाखदेखि आगमन शुरु भएको धार्मिक मानसरोवर यात्राका लागि सोमबार साँझसम्म भिसा प्रणालीबाट एक हजार ५६५ भारतीय नागरिक रसुवागढी नाका हुँदै चीनतर्फ प्रस्थान गरेको अध्यागमन कार्यालय रसुवागढीले जनाएको छ ।

निमित्त अध्यागमन प्रमुख मानबहादुर बरालका अनुसार मानसरोबर धार्मिक क्षेत्र भएकाले केरुङ हँुदै जाने भारतीय धार्मिक पर्यटकको संख्या दिनानुदिन बढ्दै गएको छ । मानसरोबर जानेको आगमन असोजसम्म चल्ने छ ।

यस्तै रसुवागढी नाकाबाट नेपाल चीन अउनेजाने पर्यटकको संख्या पनि उल्लेखनीय वृृद्धि भएको छ । यो नाकाबाट चालु आर्थिक वर्षको अहिलेसम्म १३ हजार ४७९ जना नेपाल भित्रिएका छन् । यहाँबाट ६० भन्दा बढी मुलुकका पर्यटक भिसा प्रणालीमार्फत् चीनतर्फ प्रस्थान गरेका छन् । चालु आर्थिक वर्षको अहिलेसम्म आठ हजार २८२ पर्यटक यो नाकाबाट चीनतर्फ प्रस्थानज गरेको अध्यागमन कार्यालय रसुवागढीका अभिलेखकर्ता सागरमणि पोख्रेलले जानकारी दिनुभयो ।

मानरोवर आउने भारतीय नागरिकका लागि पश्चिम क्षेत्र हुम्लाबाट पनि हेलिकप्टर सञ्चालन भइरहेको छ ।

सिम्रिक एयरका अनुसार हुम्लाको सिमिकोटबाट हिल्सासम्म भारतीय धार्मिक पर्यटकका लागि विभिन्न कम्पनीका १० वटा हेलिकप्टर प्रयोग भइराखेको छ । नेपाल र चीन सिमानाको १२ हजार ५०० फिट उचाइ हिल्सामा हेलिकप्टरबाट झरेपछि उनीहरु चिनियाँ मोटरबाटोबाट मानसरोवर तर्फ लाग्ने गरेको पाइलट विवेक खड्काले बताउनुभयो ।

मानसरोवर जाने भारतीय तीर्थ यात्री हिल्साबाट गएको तीन चार दिनपछि फर्कने गरेको पाइएको समेत पाइलट खड्काले बताउनुभयो ।


Facebook Comment


No ads found for this position