सुनसरीमा  दुर्घटना हुँदा ६ भारतीय पर्यटकको मृत्यु

इटहरी–  पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीमा  दुर्घटना हुँदा ६ भारतीय पर्यटकको मृत्यु भएको छ। सुनसरीको कोशी गाउँपालिका वडा नं.  ४ मा सोमबार राती  दुर्घटना हुदा  स्कारपियाे सवार ६ भारतीय पर्यटक मृत्यृ भएकाे हाे ।

धनकुटाको नमस्ते झर्ना आएर फर्केका पर्यटक चढेको गाडी राती ९.३० बजे दुर्घटना हुँदा घटनास्थलमै तीन जना र उपचारका क्रममा तीन जनाको मृत्यु भएको हो।

मापसे सेवन गरि तीव्र गतिमा हाँकेको स्कारपियो दुर्घटना हुँदा भारत सुपौल जिल्लाको लक्ष्मीनियाका ललियादेवी राय, सुरेन्द्र राय र धिरेन्द्र रायको गाडीमै च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको  छ। दुर्घटनामा सुपौल जिल्लाको लक्ष्मीनियाकै ४० वर्षीय सञ्जिवकुमार, सात वर्षीय गोनुकुमार र  ४० वर्षीया महिलाको मृत्यु भएको डिएसपी नारायण चिमरियाले बताए । तीन जनाको विराटनगरको सञ्जिनी अस्पतालमा उपचारका क्रममा राति ११ बजे मृत्यु भएको हो।

बीआर ०६ पीबी ६४१८ नम्बरको स्कारपियो दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन्। तीन जना घाइतेको सञ्जिवनी अस्पताल विराटनगरमा उपचार भइरहेको छ।  चालक भारत ब्रहमपुरा वडा नं. १ बस्ने २६ वर्षीय सशील कामतलाई जिल्ला अस्पताल इनरुवामा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ।


Facebook Comment


No ads found for this position