बन्दिपुरमा ट्रेकिङ, क्यानोनिङ्ग, रक क्लाइम्बिङ्ग लगाएत पाराग्लाइडिङको उडान गरे अनुसार कर तिर्नुपर्ने

कृष्ण न्यौपाने दमौलीको बन्दिपुरमा अब पाराग्लाइडिङको उडान गरे अनुसार कर तिर्नुपर्ने भएको छ । बन्दिपुर गाउँपालिकाले गाउँसभाबाट कर उठाउने भनेर पारित गरे छ । गाँउ सभाले आर्थिक ऐन अनुसार साहसिक खेल र सम्बन्धित व्यवसायमा कर लगाउने निर्णय गरेको हो ।
गाउँपालिकाले आफ्नो क्षेत्रभित्र ट्रेकिङ, कायोकिङ, क्यानोनिङ्ग, बन्जी जम्पिङ्ग, रक क्लाइम्बिङ्ग, जिप फ्ल्यायर, पाराग्लाइडिङ, ड्रोन क्यामेरा प्रयोग गरि भिडियोग्राफी र ¥याफ्टिङ सेवा वा यसै प्रकृतिक साहसिक खेल र सम्बन्धित व्यवसाय सञ्चालन गरे बापत शुल्क लगाइने र असुल उपर गर्ने निर्णय गरेको छ ।
बन्दिपुरको समिभञ्ज्याङबाट सिमलटारसम्मको क्षेत्रमा पाराग्लाइडिङ उडानको लागि दैनिक १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । गाउँपालिकाले ट्रेकिङको लागि दैनिक १ सय, रक क्लाइम्बिङ्गका लागि दैनिक १ सय, ड्रोन क्यामरा प्रयोगको लागि दैनिक १ सय, फिल्म सुटिङको लागि दैनिक १ हजार र भिडियो सुटिङका लागि दैनिक ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरि पिकनिक स्पोर्टका लागि गाउँपालिकाले दैनिक १ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । गाउँपालिकाले तीनधारा क्षेत्रलाई पिकनिक स्पोर्टको रुपमा निर्धारण गरेको छ । अनुमति नलिई अन्य स्थानलाई पिकनिकको रुपमा प्रयोग गरेमा ५ सय रुपैयाँ शुल्क तोकिएको गाउँपालिकाले जनाएको छ ।
वैशाखदेखि श्रावणसम्म कम पर्यटक आउने बन्दिपुरमा असोजरकार्तिकदेखि पर्यटकको बाक्लो चहलपहल हुने गर्दछ । जाडोयाम सुरु हुने बेलामा बन्दिपुरमा विदेशी पर्यटकको बढि चाप रहन्छ । बन्दिपुरमा पिकनिकको लागि समेत विभिन्न जिल्लाबाट विद्यार्थीहरु आउने गरेका छन् ।


Facebook Comment


No ads found for this position