काठमाडौं नजिकैको गन्तव्य दामान कसरी जाने, कति लाग्छ खर्च?

काठमाडौंबाट दुरीको हिसाबले छोटो, खर्च सस्तो तर प्रकृतिको सुन्दर दृष्य हेर्ने ठाउँको खोजीमा हुनुहुन्छरु यदि यसो हो भने राजधानीसँगैको मकवानपुरको दामन उपयुक्त हुनसक्छ।
काठमाडौंबाट नजिकै रहेको तर संसारकै अग्ला आठ हिमालसहितको सुन्दर दृष्यावलोकन गर्न सकिन्छ। गर्मीको उकुसमुकुस, धुलो धुवाँबाट एकदिन भएपनि छुटकरा पाउनको लागि उपयुक्त गन्तव्य दामन हुनसक्छ।
काठमाडौंबाट ८५ किलोमिटर दुरीमा दामन पुगिन्छ। काठमाडौंको उकुसमुकुस होस वा वीरगंजको उखरमौलो गर्मी यी सबैको समाधान दामन विल्प हुनसक्छ।
भञ्ज्याङ मात्र होइन शितलता यहाँको अर्को आकर्षण हो। संसारका आठ अग्ला हिमालको दृष्य पनि दामनबाटै देख्न सकिन्छ। जाडोमा हिमपातको प्रत्यक्ष अवलोकन र गर्मीमा लोभलाग्दो भञ्ज्याङले गर्दा जुनसुकै मौसमका लागि दामन उपयुक्त गन्तव्य हो।
कसरी जान सकिन्छ र कति लाग्छ खर्च
काठमाडौंबाट दामन जान आफ्नै साधन वा प्याकेजबाट पनि सकिन्छ। टुर अपरेटरहरु तथा होटलले प्याकेज बनाएका हुन्छन त्यसबाट पनि जान सकि५।
काठमाडौं, वीरगंजबाट दामन घुम्न चाहनेहरुको लागि पुरा ट्राभल प्याकेज होटल तथा रिसोर्टले बनाएका हुन्छन्।
काठमाडौंबाट दामन पुग्नका लागि व्यक्तीको संख्या अनुसार साधनको व्यवस्था गरिन्छ भने प्रतिव्यक्ति एक हजार दुईसय रुपैयाँमात्र भाडा लाग्छ।
यति धेरै विषेशता भएको ठाउँमा जानको लागि वा त्यहाँ गएर बस्न कुनै समस्या खेप्नु पनि पर्दैन। यसको लागि दामन र सिमभञ्ज्याङ क्षेत्रमै होटल तथा रिसोर्ट छन्।
बस्नमात्र होइन भञ्ज्याङको बीचमा रहेको रिसोर्टको बेडरुमबाटै सुन्दर हिमालयको दृष्यावलोकन पनि गर्न सकिन्छ। ‘धेरै बेडरुमबाटै प्रकृतिको मज्जा लिन सकिन्छ। मध्यम वर्गीय नेपालीले तिर्नसक्ने होटलको मूल्य त्यहाँ पाइन्छ। होटलमा एकदिनको प्रतिव्यक्ती २ देखि ३ हजारसम्म पर्न आउछ। त्यो पनि राम्रै रिसोर्टमा बसेपनि।