यस्तो हुनुप्रर्दछ रारा

देव अर्याल्
प्रबन्ध निर्देशक,सेन्टर प्लाजा होटेल, कोहलपुर

साइकिल ट्रेल

राराको वरिपरि घुम्ने साइकिल ट्रेल बनाऔँ, त्यहीको पत्रेदार ढुंगा प्रयोग गरेर । त्यो ट्रेल बनाउँदा सिमेन्ट र इँटा प्रयोग गर्नुहुँदैन । पर्यटक हिँड्न मिल्ने बनाउन सकिन्छ । त्यहाँ माउन्टेन साइकल, इलेक्ट्रिक साइकल मात्रै प्रयोग गर्नुपर्छ । रारा वरिपरि करिब पाँच किमि छ । पूरै १७ किमि जति हुन्छ । साइकलमा १७ किमि घुम्न करिब डेढ घन्टा लाग्छ । त्यसकारण पहिला रारालाई पूरै घुम्ने गरी बाटो बनाऔँ ।

सोलार इनर्जी
सोलार इनर्जी राखेर त्यो साइकिल ट्रेलमा बेलुका पनि घुम्न सक्ने बनाऔँ । चारै क्षेत्रमा पोस्ट बनाएर सेनाबाट सुरक्षा दिन सकिन्छ । वन्यजन्तुको जोखिम पनि छैन । सुरक्षामा चिन्ता लिनुपर्दैन । त्यसैले, साँझ घुम्न सकिन्छ । अनि, बाटोमा बत्तीको व्यवस्था गर्ने ताकि कहिलेकाहीँ हिँड्दा–हिँड्दै रात परे पनि त्यो उज्यालो सहयोगी होस् ।

भ्युटावर
सेनाका चारवटा पोस्ट बनाएर सुरक्षा दिन सकिन्छ । सोलार इनर्जी पनि हुन्छ । वरिपरि आठवटा भ्युटावर बनाऔँ । भ्युटावरसँगै पार्क बनाऔँ । बुढाबुढी, बालबालिका र परिवारका सदस्य एक–दुई घन्टा मजाले रमाउन सकून, त्यो पार्कमा बसेर । स्थानीय काठकै कुर्सी बनाउनुपर्छ, बाहिरबाट केही नलैजाऔँ । अनि त पर्यटक मन्त्रमुग्ध भएर त्यो सुन्दरमा डुबिहाल्छ ।

फोहोर व्यवस्थापन
रारा जाने पर्यटकले के के सामान र कति केजी लैजान्छ, त्यो चेकपोस्टमा रेकर्ड राख्नुपर्छ । कतिवटा प्याल्टिक, कतिवटा क्यान वा अरू के के छ ? प्रत्येक सामानको रेकर्ड राख्नुपर्छ । अनि, पर्यटक फर्किंदा त्यही सामान तल ल्याएर डस्टबिनमा फाल्नुपर्छ । रारा वरवर केही फाल्न दिनुहुँदैन ।

होमस्टे
रारा घुम्न जाने पर्यटकको बसोबासका लागि मुर्मालेकमा होमस्टे सञ्चालन गर्न सकिन्छ । यसमा सरकारले सहयोग गर्नुपर्छ, सफ्ट लोनसँगै । किनभने, हरेक विकासमा स्थानीयको पहिलो हक हुन्छ । प्रत्येक वर्ष २० हजारभन्दा बढी पर्यटक पुग्ने रारामा सरकारले होमस्टे चलाउन किन सहयोग नगर्ने ? दुइटा होटेलले जम्मा १२ कोठा राखेर हुँदैन । होटेल कम हुँदा वासको अभाव छ । पर्यटकले दुःख पाएका छन् । एकपटक पुगेको पर्यटक अर्कोपटक नजाने भन्दै फर्किन्छन् । मैले त्यहाँका मेयरसँग पनि कुरा गरेको भनेको छु, ‘हरेक घरको तीनका दरले पठाइदिनु, म मेरो होटेलमा सित्तैमा तालिम दिन्छु ।’

जेठको अन्तिम देखी असारको पहीलो हप्तासम्म राराकाे दृश्य

पूर्वाधारको विकास
रारा पुग्नका लागि सडक र बाटो सहज र गतिलो छैन । हवाई उडान पनि नियमित र सहज छैन । त्यसैले, बाटो विकास गर्नुप-यो । अहिलेको जस्तो वडाध्यक्षको घरघरमा सडक लैजाने काम होइन, कर्णाली राजमार्गको सुधार र नाग्माघाटदेखि मुर्मालेकसम्मको बाटोको स्तरोन्नति गर्न आवश्यक छ । साभार नयाँपत्रीका

सुर्य उदाँउदाको दृश्य
मुर्माटपबाट देखिएको राराको पुरा आकृती


Facebook Comment


No ads found for this position