जाने हाेर्इन त स्यार्पुताल, कसरी जाने, के गर्न पाइन्छ ?

मनीष खड्का

रुकुम (पश्चिम)को स्यार्पुताल कर्णालीका सुन्दर तालमध्ये पर्छ । बजारको सधैँको कोलाहल, हिलो, धुलो र धुँवाबाट रिफ्रेस हुने गतिलो गन्तव्य बनेको छ, स्यार्पुताल । सदरमुकाम मुसिकोटसँग जोडिएको बाफिकोट गाउँपालिका ३ र ५ मा फैलिएको यो ताल विशेष गरी बर्खायाममा हेर्नलायक हुन्छ ।

यो दुई दशमलव ६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । भदौदेखि असोजसम्म निकै सुन्दर देखिन्छ । र, यो वेला पर्यटक पनि प्रशस्त आउँछन् । त्यसपछि तालको आकार विस्तारै घट्दै जान्छ । हिउँदमा पनि ताल निकै रमणीय देखिन्छ ।

कहाँ बस्ने ?
खान र बस्नका लागि होमस्टेको सुविधा छ । र, अहिले स्यार्पुताल घुम्न आउनेको संख्या बढेको होमस्टे सञ्चालक यज्ञबहादुर मल्ल बताउँछन् । उनका अनुसार बिदा मनाउनका लागि पनि एक÷दुई दिनको समय छुट्याएर आउनेको संख्या बढ्दै गएको छ । खान र बस्नका लागि पनि कुनै समस्या छैन् । आधादर्जन होमस्टे सञ्चालनमा छन् । यहाँका होमस्टेमा स्थानीय खानाको स्वाद चाख्न पाइन्छ ।

कसरी पुग्ने ?
स्यार्पुताल पुग्न पश्चिम रुकुमको सदरमुकामबाट थुप्रै बाटा छन् । पैदल हिँडेर पनि तालमा पुग्न सकिन्छ । मुसिकोट खलंगाबाट करिब २० किलोमिटर दुरी पार गरेपछि स्यार्पू पुग्न सकिन्छ । सदरमुकाम मुसिकोट खलंगाबाट नियमित दैनिक बाफिकोटका लागि सार्वजनिक यातायातका साधन साना जिप तथा मिनीबस गुड्छन् । मिनीबस बर्खामा नियमित चल्दैनन् । रिजर्भ तथा आफ्नै गाडी वा मोटरसाइकल लिएर सीधै स्यार्पुताल पुग्न सकिन्छ ।

बाफिकोट गाउँपालिका–४ नेटापोखरासम्म
सार्वजनिक गाडीमा यात्रा गरेपछि करिब २०/२५ मिनेटको पैदल यात्रामा स्यार्पुताल पुग्न सकिन्छ ।
त्यस्तै, हवाइमार्गको प्रयोग गर्दा काठमाडौंबाट रुकुम पुग्न आठ हजार एक सय ५० र नेपालगन्जबाट तीन हजार सात सय ४० रुपैयाँ लाग्छ । काठमाडौंबाट आइतबार र नेपालगन्जबाट सोमबार गरी रुकुममा हप्तामा दुईवटा उडान हुन्छन् । त्यस्तै, गाडीबाट काठमाडौं–रुकुम एक हजार पाँच सय छ भने नेपालगन्जबाट नौ सय र दाङबाट ६ सयको हाराहारीमा भाडा लाग्छ । सदरमुकाम पुगिसकेपछि यहाँबाट रिजर्भ तथा स्थानीय गाडी चढेर स्यार्पू जान सकिन्छ । रिजर्भमा भने सात/आठ हजार रुपैयाँ लाग्छ ।

 

के गर्न पाइन्छ ?
तालको सुन्दरता अवलोकन आफैँले बोटिङ गर्न सकिन्छ । परम्परागत काठका डुंगा विस्थापित गरेर ताल अवलोकनका लागि आउनेहरूका लागि -याफ्टिङ र आधुनिक डुंगाको व्यवस्था गरिएको छ । तालमा घुम्नका लागि गएकाहरूले धित मरुन्जेल -याफ्टिङ र बोटिङको मज्जा लिन सक्छन् । विशेष गरी तालबाट काठका डुंगा विस्थापित गरेर आधुनिक डुंगा राख्दा आर्कषण थपिएको छ ।साभार नयाँपत्रीका


Facebook Comment


No ads found for this position