५२ पोखरी ५३ तालको जिल्ला रुकम घुम्ने? कसरी पुग्ने?

कर्णाली प्रदेशको रुकुम जिल्लालाई ५२ पोखरी ५३ तालको जिल्ला भनेर चिनिन्छ। ताल तलैया, पोखरी र हिमालजस्ता प्राकृतिक सम्पदाले भरिपूर्ण रुकम घुम्न, हेर्न लायक ठाउँ हो।

नेपालभित्र घुम्ने इच्छा भएकाहरुलाई यो उपयुक्त गन्तव्य हुनसक्छ।

यहाँको मुख्य आकर्षण भनेको स्यार्फु ताल हो। रुकमको बाँफिकोटमा अवस्थित यो तालमा कमल फुल पनि रहेको छ।

यहाँको अर्को आकर्षण भनेको सिस्ने हिमाल हो। भर्जिन पिकको रुपमा रहेको यो हिमाल मनमोहक छ।

यि का अलबाह ग्रामिण जिवनशैली, रहनसहन, परम्परा पनि थप आकर्षण हुन्।

रुकुम पुग्नको लागि पूर्व पश्चिम राजमार्ग हुँदै दाङको लहीबाट छुट्टिएर तुलसीपुर हुँदै रुकुम सदरमुकाम मुसिकोट पुग्न सकिन्छ। त्यहाँबाट गाउँगाउँ जाने जिपको यत्रामा गन्तव्यमा पुग्न सकिन्छ।

त्यस्तै नेपालगंजबाट हवाई यात्राबाट पनि सदरमुकाम पुग्न सकिन्छ। यात्रामा खाना बस्नको सहज सुविधामात्र होइन तुलनात्मकरुपमा सुलभ पनि पाइन्छ।


Facebook Comment


No ads found for this position