हिल्साबाट झुण्ड्याएर नेपालगंज लगियो मनाङ एयरको हेलिकोप्टर

जनक बहादुर शाही, हुम्ला । गत साउन २९ गते हुम्ला र चीनको सिमानामा रहेको हिल्सास्थित हेलिप्याडमा दुर्घटना भएको मनाङ एयरको हेलिकोप्टर झुण्डाएर आज नेपालगंज लगिएको छ । मनाङको ‘९ एन–एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस ३५० बिथ्री–ई’ सिरिजको हेलिकोप्टरलाई आज श्री एयरको ठूलो हेलिकोप्टरले हिल्साबाट झुण्ड्याएर आजै नेपालगंज लगिएको हो ।
नाम्सका गाउपालिकाको हिल्सास्थित हेलिप्याडमा अवतरण गरेको मनाङको हेलिकोप्टरको पछाडिको पङ्खाले लागेर एक भारतीयको घटनास्थलमै मृत्यु भएपछि प्राधिकरणले मनाङको उडानमा प्रतिबन्ध लगाएको थियो । प्राधिकरणले उडान प्रतिबन्ध खुला गरेको १ महीनापछि मनाङ यएर हेलिकप्टरको बडिलाई श्रीयएरलाईन्सको एमआई सेभेन्टीन हेलिकप्टरले झुण्डाएर नेपालगंज लगिएको सिमकोट विमानस्थलका निमित्त प्रमुख किरण दाहालले जानकारी दिए । पछाडिको पङ्खाले लागेर मुम्बइका ४२ वर्षीय नगेन्द्रकुमार कात्तिक मेहताको घटनास्थलमै मृत्यु भएको थियो