नेपाल भ्रमणमा आउने पर्यटक संख्या झन्डै १७ प्रतिशतले वृद्धि

केदार दाहाल

सन् २०१८ को ९ महिनासम्ममा ७ लाख ७२ हजार ८ सय १६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्ष (२०१७) को यो अवधिमा ६ लाख ६४ हजार १ पर्यटक नेपाल भित्रिएका थिए । २०१७ को ९ महिनामा भन्दा यसवर्ष १ लाख ८ हजार ८ सय १५ बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल भ्रमणमा आउने पर्यटक संख्या झन्डै १७ प्रतिशतले वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

सन् २०१८ को ९ महिनासम्ममा ७ लाख ७२ हजार ८ सय १६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्ष (२०१७) को यो अवधिमा ६ लाख ६४ हजार १ पर्यटक नेपाल भित्रिएका थिए ।

२०१७ को ९ महिनामा भन्दा यसवर्ष १ लाख ८ हजार ८ सय १५ बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल भ्रमणमा आउने पर्यटक संख्या झन्डै १७ प्रतिशतले वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । पर्यटक आगमनका दृष्टिकोणबाट २०१७ ले कीर्तिमान राखेको थियो । गत वर्ष कुल ९ लाख ४० हजार २ सय १८ जना पर्यटक नेपाल आएका थिए । चालू अवस्थाकै वृद्धिदर आगामी तीन महिनासम्म कायम रहेमा यस वर्ष साढे ११ लाखभन्दा बढी पर्यटक भित्रिनसक्ने प्रक्षेपण गरिएको छ ।

अबको तीन महिना मुख्य पर्यटकीय सिजनसमेत भएकाले पनि यस वर्ष १२ लाख हाराहारी पुग्नसक्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपकराज जोशीले जानकारी दिए । यस वर्ष मुख्य पर्यटकीय मौसम बाँकी रहँदै पौने ८ लाख पर्यटक  नेपाल आइसकेकाले पर्यटक संख्याका दृष्टिकोणबाट उत्साहजनक रहने अपेक्षा रहेको होटल संघ नेपाल (हान) का महासचिव विनायक शाह बताउँछन् । “सन् २०१८ मा १२ लाख हाराहारी पर्यटक भित्रिने अनुमान गर्न सकिन्छ,” शाहले भने ।

यही वृद्धिदर जारी रहेमा २०२० सम्ममा १८ लाख हाराहरी पर्यटक वार्षिक रुपमा नेपाल भ्रमणमा आउने शाह बताउँछन् । सन् २०१८ मा सबैभन्दा बढी भने मार्च महिनामा १ लाख २५ हजार १ सय १६ पर्यटकले नेपाल भ्रमणमा गरेका थिए ।  २०१८ को सेप्टेम्बरमा ९१ हजार ८ सय  २० पर्यटकले नेपाल भ्रमण गरेको अध्यागमन विभागले जनाएको छ । गत वर्षको सो अवधिमा ६६ हजार ६ सय ३४ पर्यटकले मात्र नेपाल भ्रमण गरेका थिए । जुन संख्याका आधारमा ३३ प्रतिशतले बढी हो । गत अगष्ट महिनामा ८७ हजार ६ सय ७९ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

गत वर्ष यस महिनामा ७३ हजार ७७८ पर्यटकमात्र नेपाल भ्रमणमा भित्रिएका थिए । यस तथ्यांकमा भारतबाट जहाज चढेर आएका पर्यटकलाई मात्र गणना गरिन्छ । अन्य मुलुकका पर्यटक भने स्थलबाट प्रवेश गरेको भए पनि गणना हुन्छ । सेप्टेम्बरमा सवैभन्दा बढी भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन् । भारतबाट १६ हजार ३ सय ४५ पर्यटकले नेपाल भ्रमणले नेपाल भ्रमण गरेको अध्यागमन विभागले जनाएको छ । दोस्रोमा चिनियाँ पर्यटकहरु रहेका छन् । सेप्टेम्बरमा १२ हजार ९ सय ४७ चिनियाँहरुले नेपाल भ्रमण गरेका छन् ।

महिना    २०१७     २०१८
जनवरी   ६२६३२    ७३५१५
फेब्रुअरी  ८४०६१    ९०२८७
मार्च     १०६२९१    १२५११६
अप्रिल   ८८५९१    ९८६५०
मे       ६२७७३    ६८८२५
जुन      ५५९५६  ६५१५९
जुलाई    ४२२४० ७३२८३ 
अगष्ट    ७३७७८ ८७६७९
सेप्टेम्बर  ६६६३४ ९१८२०
जम्मा ६,६४,००१ ७,७२,८१६
स्रोत : अध्यागमन विभाग 


Facebook Comment


No ads found for this position