यस्तो छ १२० अर्ब युआन खर्च गरेर चिनले समुद्रमाथि बनाएको पुल (फोटो फिचर)

चीनले समुद्रमाथि ५५ किलोमिटर लामो पुल बनाएको छ । हङकङ-झुहाई-मकाउ नामको यो पुलको विश्वकै छैठौं लामो पुल हो ।

२००९ मा निर्माण शुरु गरिएको यो पुलको उदघाटन मंगलबार चिनियाँ राष्ट्रपति शी जिनपिङले गरे । यो पुल बनाउन १२० अर्ब युआन खर्च भएको छ र उक्त खर्च हङकङ, मकाउ र झुहाईले बेहोरेका छन् ।

चीनको सरकारी अखबार साउथ चाइना मोर्निङ पोस्टका अनुसार यस पुलमा चार लाख टनभन्दा बढी उच्च गुणस्तरको स्टिल प्रयोग गरिएको छ । यसले ८ रेक्टर स्केलको भूकम्प र   शक्तिशाली समुद्री आँधीलाई थेग्न सक्छ । इन्जिनियरहरुका अनुसार यो पुलको आयु १२० वर्षभन्दा बढी छ ।

यो पुल बनाउन इन्जिनियरहरुले समुद्रभित्र चारवटा मानवनिर्मित द्वीप बनाएका छन् जसको माध्यमबाट पुललाई जमिनसँग जोडिएको छ । छ लेनको यो पुलमा चार वटा सुरुङसमेत बनाइएको छ ।

हङकङ एयरपोर्टबाट झुहाई जान चार घण्टा लाग्छ तर यो पुलबाट ४५ मिनेटमै पुगिन्छ ।   

   


Facebook Comment


No ads found for this position