मलाई रारा ताल मन पर्छ : भवानी राणा

नेपाल र नेपालबाहिर घुम्न विभिन्न समयमा पुगिरहन्छु । कहिले व्यापारको सिलसिलामा भने कहिले महासंघको कामले पनि यताउता गइरहन्छु । अनि कहिलेचाहिँ घुम्नकै लागि निस्कने गर्छु । घुम्दा कहिले साथीभाइ हुन्छन् त कहिले परिवारका सदस्य हुन्छन् ।

भवानी राणा, अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ

नेपालबाहिर घुमेकामध्ये मलाई सबैभन्दा बढी मन परेकोचाहिँ बेलायतको हवाई हो । त्यहाँको वातावरणले नै मलाई निकै लोभ्याएको थियो । नेपालका पर्यटकीय गन्तव्य पनि तीभन्दा कम छैनन् । पोखरा, रारा खुबै मन परेका गन्तव्य हुन् । अनि डोटी पनि निकै आकर्षक लाग्छ । अहिले घुमेका नेपालभित्रका गन्तव्यमध्ये सबैभन्दा बढी मन परेको रारा ताल नै हो ।

रारा तालको सुन्दरता, प्राकृतिक बनोटले निकै आकर्षित गरेको थियो । रारा पुगेपछि त्यहाँको स्वस्थ वातावरणले झनै मुग्ध बनाउँछ । अनि श्वास लिँदा शरीर स्वस्थ भएजस्तो लाग्छ । अहिलेसम्म तीनपटक रारा पुगेँ । पछिल्लोपटक गत वर्ष पुगेको थिएँ ।

 

समुद्र सहतदेखि २९७२ मिटरको उचाइमा रहेको राता नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यहाँ चिसो हुन्छ । हिउँदमा जाँदा त न्यायो कपडा लग्नै पर्छ । तैपनि, रारा देख्नेबित्तिकै चिसो त्यसै हराउँछ । आनन्दको अनुभूति हुन्छ । कञ्चन र सुन्दर रारा मुर्माटपबाट झनै आकर्षक लाग्छ । अनि पश्चिममा सैपाल हिमाल, पूर्वमा काञ्जीरोवा, सिस्ने हिमालको दृश्यले रोमाञ्चित बनाउँछ । दिनमा चार–पाँचपटक तालको रङ बदलिएको अनुभूत हुन्छ । सूर्योदय र सूर्यास्तको दृश्य पनि आकर्षक देखिँदैन, रारामा ।

अचेल त रारा ताल पुग्नलाई पहिलाजस्तो समस्या छैन । सुर्खेतबाट गाडीमा सजिलै पुग्न सकिन्छ । गाडीबाट जाने हो भने सुर्खेतबाट दुई दिन लाग्छ । अर्को विकल्प पनि छ नेपालगन्जबाट मुगुको ताल्चा विमानस्थलसम्म जहाजबाट । त्यहाँ तीन घन्टा पैदल हिँडेर पुगिन्छ । पैदलको सट्टा घोडामा जाँदा झन् रमाइलो हुन्छ ।साभार नयाँपत्रीका

सुर्य उदाँउदाको दृश्य
रारामा जलयात्रा गर्दै आन्तरीक पर्यटकहरु


Facebook Comment


No ads found for this position