तीथालुले भरिए धार्मिक पीठ

तुलसीपुर,  पुस  जिल्लाका फरक ‘विश्वास’ बोकेका बाह्रकुने दह र देउखुरीको बगरबाबा रिहार र छिमेकी जिल्ला प्युठानको ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थल स्वर्गद्धारीसम्म जाने आन्तरिक र बाह्र पर्यटक बढेका छन् ।

गुण्टा कुम्ला बोकी तीर्थ निस्केकाको भिडले सडकै भरिएको छ । पर्यटक लेखेका नेपाली नम्वर र भारतीय गाडीको समेत यहाँ बाक्लो उपस्थिति देखिएको छ । सडकदेखि मुख्य बजार र तीर्थस्थलमा घुइँचो लागेको छ । आन्तरिकसँगै छिमेकी देश भारतबाट समेत भक्तजन दर्शन र मनोकांक्षा पूरा गर्न आएका छन् । उनीहरूले माघे सङ्क्रान्तिमा दह र रिहारमा धार्मिक तिर्थाटन गर्ने गरेका छन् भने धेरै भारतीय पर्यटकका लागि अहिले स्वर्गद्धारी प्रमुख धार्मिक रोजाइको पीठ बनेको छ ।

विशेष गरेर दाङका विभिन्न तीर्थस्थलमा आजदेखि माघ १ गतेसम्म भक्तजन र सर्वसाधारणको भीड लाग्ने गरेको छ । बाह्रकुने दहमा भेडा, कुखुराको बलि दिनेको पनि भीड लाग्ने गरेको छ ।

रिहारको दहमा तातोपानी रहेकाले तातोपानीमा नुहाउदा चर्म रोग निको हुने विश्वासका कारण पनि धेरै भारतीय पर्यटक त्यहाँ आउने गरेका छन् । माघे सङ्क्रान्तिमा लाखौँले रिहारको तातोपानी र दहमा स्नान गर्दै आएको स्थानीय समाजसेवी रेशमबहादुर खड्काले बताउनुभयो । बराह मन्दिर व्यवस्थापन समितिका अनुसार सयौँ दर्शनार्थीले मन्दिर र तालको दर्शन गर्छन् ।

त्यो मन्दिरमा चिच्याएर भाकल गर्ने विश्वास छ र त्योअनुसार नै भाकल गर्ने चलन छ । रिहारमा बगर बाबा, ब्राह, शिव मन्दिर र तातो पानीको कुण्ड छ । त्यहाँ स्नान गरेमा मनोकामना पूरा हुने, निःसन्तानले सन्तान पाउने र चमर रोग निको हुने धार्मिक विश्वास छ ।


Facebook Comment


No ads found for this position