चिनियाँ पर्यटकको संख्यामा वृद्धि

“जाम, चिसो र भीडबाट मुक्त हुनका लागि गृष्मकालिन अवधिमा चिसो र हिउदमा न्यानो हुने नेपालमा नयाँ वर्ष मनाउनुहोस्,” यो नेपाल पर्यटन बोर्डले चलिरहेको चिनियाँ लुनार नयाँ वर्षको अवसरमा चिनियाँ जनतालाई लक्षित गरी प्रवाह गरेको सन्देश हो ।
नेपालको पर्यटन क्षेत्रका लागि भारतपछि दोस्रो ठूलो स्रोत बजारको रुपमा चीन परेको छ । नेपालले चिनियाँ पर्यटक भित्र्र्याउनका लागि हर सम्भव प्रयास गरिरहेको छ ।

“चिनियाँ नयाँ वर्षको अवसरमा काठमाडौ र पोखरा लगायतका विभिन्न सहरमा विभिन्न गतिविधिहरु सञ्चालन भइरहेका छन्,” नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीले गत साता बताएको सिन्ह्वाले जनाएको छ ।
फेब्रुअरी ५ देखि चिनियाँ स्प्रिङ पर्व सुरु भएको छ । यो साताव्यापी लामो विदाको अवसरमा चिनियाँहरु विभिन्न गन्तव्यमा भ्रमण गरिरहेका छन् । यसको ठूलो संख्याले नेपाललाई गन्तव्यको रुपमा रोजेका छन् ।
स्प्रिङ पर्वको समयमा धेरैजसो चिनियाँ पर्यटकहरुका लागि नेपालको काठमाडौ, पोखरा र चितवन रोजाइको गन्तव्य हुदै आएको छ ।
स्प्रिङ पर्वको समयमा चिनियाँ पर्यटको संख्यामा वृद्धि भएको नेपालका ट्राभल क्षेत्रले बताइरहेकै समयमा चिनियाँ विमान सेवाहरुले पनि यात्रुको संख्या भरिभराउ भएको बताएका छन् ।
काठमाडौमा रहेको चाइना इस्टर्न एयरलायन्स अफिसका सेल्स र रिजर्भेसनका सुपरभाइजर रसिका श्रेष्ठले पछिल्ला दिनमा आफ्नो विमान सेवामा यात्रुको संख्या भरिभराउ भएको जानकारी दिएको सिन्ह्वाले उल्लेख गरेको छ ।


Facebook Comment


No ads found for this position