बन्दरहेकाे विश्मपख्यात अन्नपूर्ण पदमार्गअन्तर्गत याकखर्कदेखि मुक्तिनाथसम्मको बाटो खुलाइँदै

मनाङ-विश्मै परिचित अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ जिल्लाको याकखर्कबाट थोरङलापास गरी मुस्ताङको मुक्तिनाथसम्मको यात्रा हाल बन्द छ । यो पदमार्गमा तीन जिल्ला लमजुङ, मनाङ, मुस्ताङ र कास्की पर्छन् । बन्द रहेको यो पदमार्ग खुलाउनका लागि मनाङ जिल्लाको उपर मनाङमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङको चेक पोष्टबाट आइतबारदेखि मनाङको याकखर्कबाट मुस्ताङ जिल्लाको मुक्तिनाथसम्मको पदमार्ग खुलाउनका लागि मनाङका स्थानीयवासीहरू १६ जनाको एक टिम याकखर्कबाट थोरङलापास हुँदै मुक्तिनाथसम्मको पैदल मार्ग बनाउनका लागि हिँडेको प्राकृतिक स्रोत संरक्षण सहायक नेत्रलाल महताराले बताए ।
पर्यटकहरू बाटोसमेत पैलाउन नसकेपछि पर्यटकहरूलाई मध्यनजर दिँदै अन्नपूर्ण पदमार्गअन्तर्गतको याकखर्कबाट मुक्तिनाथसम्मको पदमार्ग खुलाउनका लागि मनाङबाट १६ जनाको टिम पठाइएको महताराले बताए । मनाङको याकखर्कसम्मको पदमार्ग सहजै रहेको र याकखर्कबाट माथिका क्षेत्रहरूबाट बाटो बनाइ पैदलमार्ग खुलाउनका लागि उक्त टिम मुस्ताङको मुक्तिनाथसम्म जाने भएको हो ।

आजबाट टिम हिँडिसकेको छ करिब दुई वा तीन दिनभित्र सो टिमले मुस्ताङको मुक्तिनाथसम्मको पदमार्ग खोली फर्कनेछ । त्यसपछि पदमार्ग बनाइसकेपछि टिमले जानकारी गराएपछि मात्र पर्यटकहरूलाई थोरङलापास गर्नका लागि अनुमति दिइने उपर मनाङबाट प्राकृतिक स्रोत संरक्षण सहायक नेत्रलाल महताराले बताए ।
हाल पर्यटकहरूलाई मनाङ जिल्लाको याकखर्कसम्म मात्र जानका लागि स्वीकृति दिइएको महताराले बताए । याकखर्कबाट थोरङलापास हुँदै मुस्ताङको मुक्तिनाथसम्मको पदमार्ग खुलाउनका लागि उपर मनाङस्थित मनाङ ङिस्याङ गाउँपालिकाको पहल तथा आर्थिक सहयोग, अन्नपूर्ण संरक्षण आयोजना मनाङ तथा स्थानीयहरूको आर्थिक सहयोगमा पदमार्ग खुलाउन प्रयास सुरु गरिएको मनाङ ङिस्याङ गाउँपालिकाबाट कृष्ण तिमिल्सिनाले बताए ।
फर्कन थाले पर्यटक 
करिब एक महिना बढी परेको हिमपातका कारण यस नेपाली तथा बाह्य पर्यटकहरू मनाङ जिल्लाको उपर मनाङ तथा याकखर्कबाट नै फर्कन थालेका छन् ।
बाक्लो हिउँ जमेका कारण बाटो पत्तालगाउन नसकेपछि जोखिम भएकाले पर्यटकहरू मनाङ जिल्लाकै विभिन्न स्थानहरूबाट फर्कन थालेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङको चेक पोष्टबाट प्राकृतिक स्रोत संरक्षण सहायक नेत्रलाल महताराले बताए ।
थोरङलापास गरी मुस्ताङ जानका लागि गएका नेपाली गाइड विकास राई आफ्ना पर्यटक लिई फर्कर्दै गर्दा बाटोमा हामीले सोधेका थियौं, कहाँबाट फर्कनु भयोभन्दा राईले भने उपर मनाङको याकखर्कबाट फर्किएको हो हजुर याकखर्कबाट जानै सकिएन, बाटै देखिएको छैन कसरी जाने राईले हामीलाई भने ।
लमजुङ बेसीसहरबाट सुरु हुने यो अन्नपूर्ण पैदलमार्ग मनाङ जिल्लाको सिमाना थोरङलापास गरी कास्की जिल्लाको नयाँपुलसम्मको पैदल यात्रा रहने स्थानलाई अन्नपूर्ण पैदलमार्गको नाम दिइएको महताराले बताए । अन्नपूर्ण पैदलमार्गअन्तर्गत लमजुङ बेसीसहरबाट कास्कीको नयाँपुलसम्मको पैदल यात्रा २१ दिनको हुन्छ । अन्नपूर्ण पैदलमार्गअन्तर्गत मनाङ र मुस्ताङको सिमाना रहेको थोरङलापास रहेको स्थानको उचाइ समुद्री सतहबाट ५ हजार ४ सय १६ मिटर छ ।नेगम परियार


Facebook Comment


No ads found for this position